१२ श्रावण २०८१, शनिबार । July 27, 2024

ग्लोबल

सोलु देखि न्युयोर्क सम्म पर्खि राईका यात्रा



पुर्ण राई

पुर्ण राई / हिमश्रिंखलाको केन्द्रविन्दु, सर्वोच्च शिखर चोमोलुङ्मा (सगरमाथा) रहेको ठाउँ हो सोलुखुम्बु । उत्तरतिर हिमश्रृङ्खलाहरुको बादशाह मानिने विश्वको छानो सगरमाथासँगै दन्तलहर देखिने हिमश्रृङ्खलाहरु, पहाड, पर्वत हुँदै दक्षिणतिर बग्ने दुधकोशी नदी अनि हरियाली डाँडाकाँडा सँगै ठुला फाँटहरुको समिश्रण हो सोलुखुम्बु । सोलुखुम्बुका अनगिन्ती गाउँ वस्तिहरु मध्यको एउटा सुन्दर गाउँ हो राप्छा । जो अहिले माप्य दुधकोशी गाउँपालिका वडा नं। २ मा पर्दछ । राप्छा आँफैमा खालिङ राईहरुको एतिहासिक थाकथलो वा खालिङ राजधानी मात्र नभएर प्राकृतिक, साँस्कृतिक तथा धार्मिक हिसाबले एक प्रशिद्ध भुमि मानिन्छ । त्यही पवित्र भुमिमा जन्मिएका एक प्रेरणादायी ब्यक्ति हुन पर्खि खालिङ राई । जस्को ईतिहास सँग जोडिएकी ति महान आमा र पवित्र भुमि राप्छालाई कोटी कोटी प्रणाम । ईतिहासले कुनै दिन पर्खि राईको नाम स्वर्ण अक्षरले लेख्नेछ । जस्को ईतिहास खोज्दै र पछ्याउदै संसारभरबाट त्यो भुमिको माटोमा पाइला राख्नु अघि, त्यही पवित्र भुमि राप्छालाई ढोगुन् र त्यहाको मट्टिलाई सिरमा चढाउने स्वर्णिम समय आउन सकोस । मेरो अथक कामना छ ।

वि. सं. २०३२ सालमा पिता गहनबहादुर खालिङ राई र माता जातीमाया राईको माईलो सन्तानको रुपमा निम्न परिवारमा जन्मिएका हुन् पर्खि राई । कम बोल्ने, मृदुभाषी, सरल र समान व्यवहार गर्ने, झट्ट हेर्दा साधारण जीवन शैली देखिने पर्खि राई असाधारण क्षमताका एक नक्षेत्र हुन । सानैबाट आगोका लप्काहरु सँग खेल्दै हुर्किएका उनी यथार्थमा पनि आगो सँग खेल्न डराउदैन थिए । जन्मिएकोे डेढ वर्षमा बाबा बितेर टुहुरो मात्र भएनन् । उनको बाबाको पसिनाले बनेको घर सम्म पनि दैवले नै खोसेर लगिदियोे । बाबाको सम्झनाको रुपमा आमाले रुदै र बिलौना गर्दै बाबाको मृत शरीरलाई माटो दिनुभएको बाहेक केही सम्झनाहरु बाँकी रहेन भने अर्का अभागी कान्छा भाई त आमाको गर्व मै भ्रुणको रुपमा विकसित हुँदै थिए ।

अनेकौ जिम्मेवारीले जीवन व्यस्त छ तर ति अप्ठ्यारा टुहुरो घुम्तीहरु सम्झदा मनभरी भक्कानो फुटेर आउछ । गरिवी र अभावले घेरिएको जन्जिरबाट बाहिर निस्किने कुनै उपाय थिएन । दुःखको पहाड बज्रिएको बेला भरोसा गर्ने भगवान सँग हो, त्यही भगवान पनि आफ्नो नभए पछि कस्को भरपर्नु छ र जिन्दगीमा । यदी संसारमा भगवान छन भने तिनै मेरी आमा र बाबा हुन, पर्खि राई भन्नुहुन्छ । क्रमश दिन, हप्ता, महिना हुदै वर्षहरु अभाव र टुहुरोपनमा बित्दै गए निरन्तर । त्यो बालापन कसैको सहारामा बल्ल हिड्न र जमिनलाई छाम्न सक्ने अवस्थाबाट उठ्दै थियो । पर्खि राई भने अबोधपन मै अन्जान अनगिन्ती चुनौती र जिम्मेवारीहरुले थिचिन थाले । पढ्ने मान्छे ठुलो मान्छे हुन्छ रे भन्ने उनले पनि सुन्ने गर्दथे । ठुलो मान्छे बन्नका लागि उनका साथीहरु खरी र कालोपाटी बोकेर स्कुल जान्थे । घरमा ओझिलो बाबाको काखमा खेल्दथे, रमाउदथे । तर बाबाको स्नेह, स्पर्ष र अबिभावकत्व सदाका लागि गुमाएका पर्खिले टाढैबाट साथीहरुलाई हेरेर मन बुझाउथे त कहिले लुकेर धोको पुग्नेगरी रोईदिन्थे र मन शान्त बनाउथे ।

आखिरी एउटा टुहुरो सँग बाड्न मिल्ने त्यहि आशु त थियो । सँगैका साथीहरु ताते गर्दै स्कुल जान थाले तर उनी भने सम्पत्तिको नाममा भएको ३ वटा भेडाहरु लिएर भेडीगोठतिर लागे भेडीगोठालो बन्न । त्यही भेडीगोठालो बन्न पनि कहाँ सजिलो थियो र रु याम अनुसार कहिले दुधकोशीको तिरैतिर, कहिले राप्छा पातलको घना जङ्गल त कहिले सिद्घीलेक ९दुधकुण्ड हिमाल० आसपास सबैतिर पुग्नु पर्दथ्यो । त्यो सिद्घीलेकको कठ्याङ्ग्रिदोे चिसोले भेडीगोठालोको टुहुरोपना र अभाव किन बुझ्थ्यो र रु जो खाली पाइताला बिरहका बासुरी बजाउदै भेडी चढाउथे । भेडीहरु चर्दै चर्दै जहाँ पुग्थे त्यही कहिले चिसो ओडार, ठुलो रुखको फेद वा कहिले खुल्ला आकाश नै उनको घर हुन्थ्यो । भोक प्यास के छ भनेर सोध्ने त को हुन्थे र रु

एउटा टुहुरोलाई त्यो सिद्घीलेकमा, जहाँ मान्छेहरुको चहलपहल नै हुन्न । क्रमश वर्षहरु बित्दै गए, भेडीहरु पनि थपिदै गए । तर आफ्नो साथीहरुले स्कुल जान पाएको सम्झेर आफै भकानिन्थे उनी । त्यो बिवस्ता र वाध्यताको जुम्रे लुकुनी लथालिङ्ग छोडेर स्कुल जान पाए हुन्थ्यो भनेर एक्लै कल्पिन्थे । त्यहि सिलसिलामा पर्खिलाई पनि स्कुल भर्ना गर्नुपर्छ भनेर छर–छिमेकमा कुरा चलिरहेको उनले थाहा पाए । भाग्यवस छिमेकीहरुको कुरा र पर्खिको बाध्यतालाई नजिकबाट बुझ्ने एकजना शिक्षकको आग्रहमा उनी स्कुल भर्ना भए । नयाँ विद्यार्थीको रुपमा दैनिक स्कुल जान सम्भव नभए पनि सिर्फ स्कुल भर्ना हुदाको खशीलाई अझै सम्म पर्खि राईले सम्हालेर राखेका रहेछन ।

स्कुल भर्ना हुने ईच्छा त पुरा भयो तर उहि बाध्यता र जिम्मेवारी गाउँ आसपासमा भेडीगोठ हुदा भ्याए सम्म कहिले काही स्कुल जान्थे । तर राप्छा पातल हुदै सिद्घीलेक गएपछि जतनले राखेको नयाँ किताब भेडीहरु चराउदै आफै पढ्थे । खुब मेहेनत गरेर पढ्थे अनि परिक्षा दिन मात्र जान्थे । बिद्यालयमा आंशिक उपस्थिती जनाउन पाएका उनी जहिले पनि प्रथम वा द्वितीय भएरै छोड्दथे । त्यो स्थान ग्रहन गरी छोड्नुको ठूलो आकर्षण चाहि पुरस्कार स्वरुप पाईने आधा दर्जन ज्योती कापी र फाउन्टेन पेन हो रे, भन्नुहुन्छ । हुने बिरुवाको चिल्लो पात भने जस्तै त्यो बिगतले पनि पर्खि राईको मेहेनत र लगावलाई जनाउदछ । भेडीगोठ मै बसेर उनले कक्षा ५ सम्मको पढाई त पुरा गरे । त्यसपछिको पढाईका लागि अर्कै गाउँको स्कुल जानु पर्दथ्यो । जहाँ स्कुल भर्ना भएर परिक्षार्थी मात्र हुन पाउने छुट थिएन उनलाई । त्यो परिस्थितीले बाँकी पढाई स्थगित हुने सङ्केत देखा प¥यो, तर उनले आमालाई अनुरोध गर्न भने बाँकी राखेनन् । अफसोच, आमाले पनि स्विकृती दिनु भएन । बाँकी पढाईमा पूर्णबिराम लागेको झोकमा निराश भएर भेडीगोठ फर्किएका पर्खिले जतनले राखेका किताब(झोलाहरु सबै झाडीतिर फालिदिए । अब एकोहोरो भेडीगोठालो हुनु पर्ने भएपछि किन मालिक नबन्ने भन्ने सपना बुन्न थाले उनले ।

ग्रामिण परिवेश भित्रको अनगिन्ती अभावहरु झेल्दै हुर्किदै गरेका पर्खि राई भेडिगोठमा काका ९ऐनस्लाल्० सँग बस्ने गर्दथे । ऐनस्लाल् सँग ठुलोे सङ्ख्यामा भेडाहरु थिए । त्यो समयमा भेडीगोठ भएको मान्छे निक्कै धनीमानी मानिन्थ्यो र प्रतिष्ठित ठानिन्थ्यो । उनको मेहेनत र लगनशिलता देखेर ऐनस्लाल्ले हरेक वर्ष पर्खिले छानेको एउटा एउटा भेडा दिने गर्दथ्यो । क्रमश आफ्नै स्वामित्वको भेडीहरु थपिदै गएको कतिपय छिमेकीहरुलाई मन पर्दैनथ्यो । त्यही रिस साध्नका लागि बिना कारण छिमेकीहरुले पिट्ने र किताब झोला फालिदिने हर्कतहरु उनले पटक पटक झेल्नु परेको त्यो टुहुरो बिगत सम्झन्छन । तर उनले सिर्फ आफ्नो काम र जिम्मेवारीलाई निभाई रहे निरन्तर ।

कामको अलावा मुरली, बासुरी र बच्चै बाजा बजाउन निक्कै माहिर थिए उनी । मौका पर्दा कोलेदु, दुधकुण्डो र बोदु बजारमा आयोसा ९मौलिक दोहोरी० गाउदै सिङ्गै रात कटाएको स्मरणहरु पनि ताजै छन उनी सँग । ति साथी(सङ्गीहरु सँगको रमाइलो भेटघाट आखिर क्षणिक थियो, भोली फेरी भेडीगोठ फर्किनु छदै थियो । त्यो समयमा अरुको पनि भेडाहरु हुन्थे, तर उनी नाईके बन्न चाहन्थे । ताकी नाईकेको कुरा सबैले मान्नु, सुन्नु पर्ने हुन्थ्यो । त्यो नाइके हुनका लागि सबै भन्दा धेरै भेडा सोही नाईकेको हुनुपर्ने नियम थियो । जुन पर्खिको हकमा लामो समय कुर्नुपर्ने पक्का थियो । दुधकोशी आसपास देखी सिद्घीलेक सम्मको सबै घुम्तिहरु छिचोलेका पर्खिले, कहिले समयमा घरबाट सामल नआईपुगेर ३/४ दिन सम्म भोकै बिताएका अनिदो रातहरु छन ।

सलाईको अभावमा झुलो(चक्मक पनि वर्षात र झरीले ओसिएको बेला सहेका भोक र चिसो सिरेटोहरु भुलेका छैनन् अनि कहिले आफु भन्दा ठुलाहरुले सुत्न नदिएर भेडाहरुको हुल भित्र सिङ्गै आकाश ओढेर सुत्नु परेको बिगतलाई सम्झदा अझै उनी भावुक हुन्छन् । एउटा टुहुरोलाई दुखेको ब्याथा त्यहाको डाँडा काडाले कसरी सुनोस रु उनको अभाव र प्यासलाई भेडीहरुले कसरी बुझोस रु साच्चै त्यो जुम्रे लुकुनीलाई सिद्घीलेकले कसरी पत्याओस रु अनि कसरी पत्याओस उनको दुःखको सुसेली र मुरलीको धुन त्यो निर्मम झरीबादलले रु नदेखिदो भविष्यको आशाले बिगतलाई पर्गेल्न निक्कै गाह्रो थियो पर्खिलाई । त्यसै सिलसिलामा एकदिन उनी घर फर्किए । पढ्न नपाएर त्यसै मन बरालिएको बेला उनले भेडीगोठ हैन सुटुक्क राजाधानी काठमाडौंतिर बेग हाने ।

काठमाडौंमा जेठा दाई जसे खालिङ राई बस्नु हुन्थ्यो । उहालाई अनुरोध गरेर दाई सँगै भरियाको रुपमा ट्रेकिङ गर्न थालेका पर्खिलाई पुनस् गाउँ फर्किएर भेडीगोठ सम्हाल्नु पर्ने तारान्तार समाचार आउन थाल्योे । जन्म दिने आमाको समाचारलाई बेवास्ता गर्न नैतिकताले दिदैनथ्यो भने दाईले पनि गाउँ जान भनेपछि अनुत्तरित पर्खि फेरी गाउँ फर्किए र भेडीगोठ तर्फ लागे । कुनैबेला नाइके हुने सपना देखेका पर्खिले सम्योगवस एकजना गाउँले काकाले २५ वटा भेडाहरु बेच्ने कुरा सुनिहाले । ति भेडाहरु किनेको खण्डमा पहिला आफु सँग भएको १०० वटा भेडाहरुमा थप्दा सहजै नाइके हुने निश्चित देखे । यस्तै खपतका लागि भनेर समय–समयमा भेडाहरुको उन बेचेर बचेँको पैसा जतनले राख्ने गरेका थिए । सोचे, अब यो साचेर राखेको पैसाले २५ वटा भेडाहरु थप्छु र नाइके बन्छु, आदी इत्यादी‘ ।

अफसोच, उनलाई हेय भावले हेर्ने तिनै चिनजानकै मान्छेको उल्टो षड्यन्त्रले गर्दा ति भेडाहरु किन्न नपाउने भएपछि नाइके हुने सपनामा तुषारापात छायो । अब पर्खिको मन नराम्रो सँग भाचियो । आफ्नै अबिभावक सरहका मान्छेले गरेको फोहोरी खेल देखेर सदाका लागि भेडीगोठलाई त्यागीदिए र घुमराडी बुन्नका लागि आमालाई एक भारी उन सङ्ग एउटा टुहुरो भेडीको पाठोलाई काख च्यापेर घर फर्किए । घरबाट एकजना मगर थरको आमाको सहयोगीलाई फकाएर भेडीगोठ पठाईदिए र उनी फेरी काठमाण्डौ लागे । निरन्तर १२ वर्ष भेडाहरुलाई साथी बनाएर झरी-बादल सँग बन जङ्गल छिचोलिरहेको एउटा गाउँले ठिटो सँग काठमाडौंमा के गर्ने भन्ने खास उपाय र योजनाहरु केही थिएनन् । ट्रेकिङकै सिलसिलामा भेटिएका कतिपय साथीहरु आफु जस्तै भरिया गर्दै एसएलसी को तयारी गरेको थाहा पाउदा मन बेचैनी हुन्थ्यो, जुन अवसरबाट उनी छुटिरहेका थिए । सोच्थे, असम्भव त रहेनछ तर त्यो भन्दा पहिलो कहाँ जाने र के गर्ने भन्ने कुनै निश्चित थिएन उनको । कुनै कामको लय र टुङ्गो नहुँदै जिरीबाट गाउँ जाने सिलसिलामा सिद्घि राई ९खास्ताप० सँग भेट भयो ।

पर्खिका लागि बाटोमा भेटिएका एक अबिभावक सिद्घि राई आँफै कानुनको विद्यार्थी हुन । जस्लाई पर्खिले आफु सानैमा टुहुरो हुनु, पढाई छुट्नु आदी बृत्तान्त सुनाई हालेछन । ग्रामिण परिवेश भोगिसकेका सिद्घि राईलाई पर्खिको कहानीले ज्यादै भावुक बनायो । तत्काल उनले गाउँ पुग्ने बित्तिकै बिद्यालय भर्ना हुनका लागि हिमालय मा। बि। ९खास्ताप० आउन सल्लाह दिए । पढाईको तिर्खाले ब्याकुल बनिरहेको पर्खिलाई सिद्घि राईको त्यो सल्लाहले मन मात्र हैन बोकीरहेको ढाकर पनि हलुका भएको भान भयो । सोही अनुरुप सिद्घि राईकै भन्सुनमा बिना सर्टिफिकेट कक्षा ६ मा भर्ना हुन पाएका थिए । भेडीगोठमा स्वअध्यायन गरेर कक्षा ५ पास गरिसकेको लगातार ५ वर्ष पछि फेरी विद्यार्थी जीवनमा फर्किनुको श्रेय र आज सम्मको पर्खि राई सावित हुनुमा गुरु सिद्घि राईलाई पटक(पटक सम्झिन्छन उनी ।

कर्म क्षेत्रको जिम्मेवारी जस्तोसुकै चुनौतीपूर्ण होस या कुनै उत्सव‘ तर कतिपय ब्यक्ति र नामहरु अझै प्रिय लाग्छन र लागिरहनेछ भन्न भुल्दैनन उनी । हिमालय मा। बि. मा. ३/४ महिनाको पढाई अनुभव बटुल्दै गर्दा दाईले कागजपत्रहरु सँग काठमाडौं आउन भने पछि फेरी निरन्तरतामा क्रमभङ्ग भयो । उनी काठमाडौं पुगे लगत्तै देशमा २०४६ सालको जनआन्दोलन चर्किन थाल्यो । देशभरी कर्फ्यु जारी भएपछि विद्यालय फर्किने अवस्था पनि रहेन । उनी सम्झन्छन, त्यो जनआन्दोलन देश बिकास, परिवर्तन र प्रजातन्त्र प्राप्तिका लागि थियो भन्ने अन्दाज सम्म पाए । तर त्यसबेला रेडियो नेपाल बाहेक पत्रपत्रिका वा टेलिभिजन सबैको पहुचमा हुदैनथ्यो । त्यही समयमा पर्खिको भाई ९मानबीर राई० शहिद शुक्रराज शास्त्री मा। बि। बागबजारका शिक्षक पिताम्बर खनाल सँग ट्युसन पढ्दथे । दिनभरी कुनै काम हुन्नथ्यो । आफ्नो पढाईको कुनै टुङ्गो थिएन । अब समय बिताउनकै लागि भएपनि बिहान बेलुकी भाईलाई पछ्याउदै जान्थे र छेउमा बसेर ध्यानपुर्वक हेर्थे, सुन्थे । स्कुल भर्ना सम्म नभएको त्यो धैर्यवान, लगनशिल केटोले बारम्बार ट्युसन कक्षामा ध्यानपुर्वक पढेको, सुनेको देखेर नेपाली शिक्षक पिताम्बर खनालले पर्खिको बारेमा जानकारी लिए ।

कसैले सोध्यो भने आफ्नो रामकहानी सुनाई हाल्न माहिर पर्खिले पनि सम्पूर्ण कुराहरु सरलाई सुनाउन भ्याइहालेछन । उनको इमान्दारिता र पढाईको भोक देखेर भाई सँगै पढ्न आउने सल्लाह मात्र दिएनन् बिना सर्टिफिकेट कक्षा ८ मा भर्ना गरिदिने र दाईलाई सम्झाई दिने जिम्मा पनि पिताम्बर सरले लिईदिनु भयो । एक अन्जान ब्यक्ति पिताम्बर खनाल, जो पर्खि राईको जीवनमा अर्को साक्षात भगवानको रुपमा प्रकट भए र ठुलो काँध थापिदिए । गुरुको त्यो सहयोगलाई अठोटमा बदले र हरेक परिक्षामा प्रथम भएरै छोड्दथे । एसएलसी पश्चात ठमेलको पिपुल्स क्याम्पसबाट पढाई सके सँगै शिक्षण पेशा सुरुवात गरेका पर्खिले गोदावरी र चरिकोटमा ३ वर्ष समय बिताए ।

शिक्षण पेशाको सिमित कमाईले परिवार धान्न मुस्किल भएपछि पुःन ट्रेकिङ ब्यवसायमा फर्किए । बेलाबेलामा ट्रेकिङ जान्थे तर सोचे जस्तो काम गर्ने अनुकुलता नभएपछि अन्तत, धन कमाउन खाडी मुलुक जाने योजनानुरुप बनाएको पासपोर्ट एक साथीको सहयोगमा कर्मभुमी अमेरीकातीर मोडियो । सन २००२ मा अमेरीका पुगेका पर्खि राईका लागि अझ बढी संघर्षका दिनहरु शुरु भए । त्यहा उनले स्टोरमा काम त शुरु गरे तर नयाँ ठाउँ, नयाँ परिवेश र प्रविधी उन्मुख देशमा हरेक कामहरु सम्हाल्न सजिलो थिएन । एक अन्जान समाज र परिधी भित्र निशन्देह मेहेनत गर्नुको अर्को बिकल्प छदै थिएन । काम र दामको परिमाण जस्तो होस तर दुनियामा मालिक र मजदुरको पहिचान फरक छ भन्ने बुझेका पर्खिले आफैले ट्याक्सी किनेर चलाउन थाले । निजी रुपमा ट्याक्सी चलाउनु आप्रवासीहरुका लागि निक्कै चुनौतीपूर्ण मानिन्छ त्यहा । त्यो चुनौती मोल्ने किराती समुदायको पहिलो ट्याक्सी ड्राईभर पनि हुन पर्खि राई । नेपालमा रहदा अनेकौ हण्डर, धोका(धपेडी र असफलताहरु झेलिसकेका पर्खिले हमेसा संघर्ष गर्न भने छोडेनन् । आजको मेहेनतले भोलिको पुस्तालाई सहजिकरण हुन सकोस भन्ने अठोटले काम गरिरहेका पर्खिले एकदिन ज्याक्सन हाइटको ढाका क्लबमा डम्फु साँझ कार्यक्रममा कराते डेमो प्रदर्शन हेरेर प्रभावित भएका उनले ईन्टरनेशनल मार्शल आर्ट एसोसिएसनले कराते प्रशिक्षणका लागि भर्ना खुलेको थाहा पाए । जस्का संचालक नेपाली नागरीक शान्त थोकर थिए । उनकै स्कुलमा छोराहरुलाई कराते सिक्नका लागि भर्ना गरिदिए ।

हरेक दिन बिहान बेलुकी छोराहरुलाई ट्रेनिङका लागी स्कुल पु¥याउने र एक घण्टा कुरेर सँगै लिएर फर्किने क्रममा उनले सोचे, अब यो एक घण्टाको समय चाँही म आँफै कोण बाहिर खेलेर कटाउछु भन्ने योजना बनाए । वि। सं। २०४९ सालतिर गुरु महेन्द्र राई सँग आर। आर। क्याम्पसमा ६(७ महिना सितोरिया कराते सिकेको आधारभुत ज्ञानले समय कटाउन सजिलो पनि बनायो उनलाई । अरु खेलाडीहरु जस्तै ड्रेस लगाएर एक्लै खेल्दै गरेका पर्खिलाई एकदिन त्यहाको प्रशिक्षकले भर्ना भएर टिममा खेल्न सल्लाह दिएपछि उनलाई औपचारिक प्रशिक्षण लिन रहर जाग्यो । सन २००८ मा यो रहर जाग्दै गर्दा पर्खि ३२ वर्षको भईसकेका थिए । उमेरले ३ दशक पार गरिसके पछि छोराहरु सँगै ईन्टर नेशनल मार्सल आर्ट एसोसिएसनमा भर्ना भएका पर्खि राईले सन २०१० मा पहिलो पटक न्ययोर्क ओपेन च्याम्पियनसिप गोल्ड मेडल जित्न सफल भएका थिए । त्यो पहिलो प्रतिष्ठित सफलताले उनलाई खुशी सँगै बिगततीर डो¥याएर लाग्यो । कुनैबेला ट्याक्सी ड्राइभर हुदा सेवा लिने ग्राहकहरुले नेपाल भन्ने देश पनि छ रु भनेर गरेको प्रश्नहरुले खुब गिज्याउथ्यो र मनमनै ईष्र्या लाग्थ्यो । देश र आमा भनेको जत्ति नै गरिव, अशिक्षित वा बिपन्न कि नहोस तर सहर्ष स्विकार्न गाह्रो हुन्छ ।

अक्सर नेपालीहरु भौतिक सुविधा उपभोग चलनका लागि भन्दा डलर कमाउनका लागि बिदेशिन्छन । खुशी, स्वतन्त्रता र अपनत्वलाई चटक्क त्यागेर बाध्यतावस अरुको माटोलाई सिंचित गरिरहेका हुन्छन । तर पर्खीले भने त्यहि सफलतालाई टेकेर आफ्नो देशलाई चिनाउनका लागि खेलकुदमा लगानी गर्न थाले निरन्तर । सन २०११ मा ब्ल्याक बेल्ट गरे पछि सोही स्कुलमा प्रशिक्षकको रुपमा काम पनि शुरु गरे । प्रशिक्षण सँगै अफिसियल्ली निर्णायकको भूमिकामा राष्ट्रिय खेलहरु खेलाउदै सन २०१४ मा सेकेण्ड डान पुरा गरेका थिए उनले । एउटा खेलाडीको रुपमा प्रशिक्षित हुनु, प्रशिक्षण गराउनु र निर्णायकको जिम्मेवारी पाउनु सामान्य अवसर र चुनौती थिएन । त्यही चुनौतीहरु बीच सन २०१५ मा यूएसए कराते महासंघ अमेरीकाबाट राष्ट्रिय निर्णायकको जिम्मेवारी पाए । यो दोहोरो “ए” प्राप्त व्यक्तिहरु सम्पन्न मुलुक अमेरीकामै पनि नगन्य मात्र छन । जस्मा पर्खि राई “दोहोरो ए” प्रात गर्ने दोश्रो नेपाली हुन । यो जिम्मेवारी एक निश्चित नियममा रहेर गरिने निरन्तर खेलकुद अभ्यास भन्दा जटिल थियो । अफिसियल्ली राष्ट्रिय तथा अन्तरराष्ट्रिय निर्णायक हुनु भनेको अनगिन्ती अन्तरराष्ट्रिय नियम, कानुन र दुर्लभ पुस्तकहरुको ठेलीको अध्यायन पनि हो । जो सर्वसुलभ खरिद गर्न सम्म पनि पाईदैन ।

मेहेनत र लगनशिलताले उपलब्धीहरुलाई कैद गर्न नचुकेका पर्खिको जीवनमा थुप्रै उतार चढाव, व्यावसायिक तथा आर्थिक असन्तुलनहरु पनि आए । तर परिस्थितीलाई सापेक्षित रुपमा निवारण गर्दै सन २०१६ मा इन्टरनेशनल मर्टिएल आर्ट एसोसियसन आफ्नै स्वामित्वमा किन्ने निर्णयमा पुगेका थिए ।

स्मरण रहोस, संयुक्त राज्य अमेरीकाको केन्द्र न्युयोर्क शहर स्थित इन्टरनेशनल मर्टिएल आर्ट एसोसियसन अमेरीकामा नेपाली नागरीक द्वारा संचालिक पहिलो स्कुल हो । बृहत लगानी, व्यावस्थापन र जिम्मेवारीका साथ संचालित यस स्कुलले अहिले दर्जनौको सङ्ख्यामा राष्ट्रिय खेलाडी तथा निर्णायकहरु उत्पादन गरिसकेको छ भने संचालन र प्रशिक्षणका लागि सिनियर ब्ल्याक बेल्ट गरिसकेका आफ्नो छोराहरु ९दिपक र अरुण० ले साथ दिईरहेको बताउछन । छोटो समयावधिमा सफलताको लामो दुरी पार गरेका पर्खिले सन २०१६ मा इन्टरनेशनल रकि माउन्टेन च्याम्पियनसिप गोल्ड मेडल कोलोराडो जितेका थिए भने सन २०१७ मा सोतोकान कराते तर्फ थर्ड डानको सर्टिफिकेट हात पार्न सफल भए सँगै प्राप्त प्रतिष्ठित उपाधीले प्रशिक्षक पर्खि राई बन्न सफल भए ।

यी उपलब्धिहरु ब्ल्याक बेल्ट देखि डन टेस्ट र ट्रेनिङ सम्मका सम्पुर्ण सर्टिफिकेटहरु वल्र्ड कराते फेडेरेसन मा ४० वर्ष विताएका, ईनटरनेशनल मार्सल आर्ट एसोसिएसन, हेडक्वाटर कोलोराडोका संस्थापकका लागि साईप्रस मदानी को हातबाट ग्रहण गरेका छन् । सन् २०१९ मा अन्तरराष्ट्रिय कराते महासंघ अन्तरगत पान अमेरिकन कराते कमिसन बाट न्यु योर्क राज्य सरकारले प्रतिष्ठित भ्रतिभा सम्मान गरिसकेको छ । आज सिंगो नेपालको प्रतिनिधित्व गर्दै अफिसियल्ली अन्तराष्ट्रिय स्तरको निर्णायकको हैसियतमा अघिल्लो पंतिमा उनि जिम्मेवारी सम्हाल्छन् । सोतोकान करातेको अलावा उनलाई भलिवल निक्कै मन पर्ने खेल हो ।

सन २००३ देखी २०१० सम्म न्युयोर्क राई टिमको क्यापटेनशिप गरिसकेका पर्खिले सन २००६ मा न्युयोर्क नेपाली समाज न्युयोर्क प्रथम उपाधी सहित गोल्ड मेडल समेत सँस्थालाई जिताएका थिए । क्रमश परिमाणात्मक हिसाबले सोतोकान कराते तर्फ छोटो समयमा श्रेणीगत सफलता मिल्दै गए पछि अन्य खेलकुदलाई प्राथामिकता घटाउदै गए । ३२ वर्षको उमेरमा सोतोकान कराते सुरु गरेका एक सामान्य पर्खि राई आजको प्रशिक्षक राई तथा अन्तरराष्ट्रिय निर्णायक सम्म आईपुग्दा निरन्तर अभ्यासको क्रममा बगेका पसिनाहरुले बेग्लै सुखानुभुती दिलाएको छ , भन्नुहुन्छ । दैनिक ४/५ घण्टा सम्मको कठिन अभ्यासका कारण कोठामा चार पाउले टेकेर उठ-बस गर्नु परेको तितो सत्यहरु सँग कहिले काही आँफै गम्छन उनी ।

सुन्दर अट्टालिकाहरु बिच सानो देशको सानो मान्छेले गरेका ठुला ठुला प्राप्तीहरु सँग अविच्छिन्न जोडिएका आफ्नो जीवनसाथी नुर्सरी राईलाई स्याबासी दिन चुक्दैनन् उनी । घरपरिवार र ब्यावसायीक स्कुल सन्चालन तथा व्यवस्थापना सम्हाल्दै आएका नुर्सरी राई स्वयम् सोतोकान करातेका राम्रा खेलाडी हुन । यो सानो सियो किनेर हात्तीको बखान गर्ने समय हो । कालोलाई सेतो देखाउने नियतको पापड बेल्ने हुलहरु अनि आफ्नै आकार, पदचाप र पहिचान नखुलेकाहरुले अरुहरुलाई सिकाउदै हिड्ने फुर्सदिलो भिड भन्दा टाढा रहेर चुपचाप मिठो फल लागेर नुहिएको बृक्ष हुन प्रशिक्षक पर्खि राई, जो तलाउ झै शान्ता र चिश्चल छन ।

फलस्वरुप, सगरमाथाको सुन्दर बगैचामा टुसाएको त्यो मुनाले आज समग्र समाज, क्षेत्र र सिङ्गो देशको निधित्व गर्दै सगरमाथा जस्तै उच्चाई प्राप्त गरेका छन । उनको लगनशिलता, मेहेनत र संघर्षले “एक अनमोल हिरा” सावित भएका छन प्रशिक्षकपर्खिराई । एउटा सुचना संग्रहकर्ताको दृष्बिाट हेर्दा त्यो उच्चाईलाई चुम्न त के गम्न पनि सम्भव छैन । सुन्दरता र त्यस्को महत्व नजिरमा भर पर्दछ । प्रशिक्षक पर्खि राईको महत्व, त्याग र योगदानलाई नेपाल सरकार, समुदाय वा मिडियाले कति पहिचान गरेको छ रु वास्ताविक सुन्दरताको मापन गर्ने खोज पत्रकारीताको सुरुवात कहिले होला रु राष्ट्रियता सँग जोडिएका यस्ता प्रश्न र प्राप्तीहरु बाटो मुनिको फुल सरह फुलिरहन सम्भव हुँदैन । त्यसैले एक युग, एक रत्न र एक ब्यक्तिको सफलता हाम्रो साझा प्राप्ती र परिचय हो । सामान्य धरातलबाट हेर्दा क्षितिजमा लम्किरहेको प्रशिक्षक पर्खि राईको बाँकी गन्तन्य अन्दाज गर्न सम्म मुस्किल पर्छ । अहङ्कारको मुठ्ठी हैन समर्पणको अञ्जुलीमा भरिएको उनको पसिनाहरुले देश, समाज र सिङ्गो खेल जगतलाई सिंचित गरिरहन सकोस । शुभकामना ।

प्रकाशित : १ असार २०७७, सोमबार ००:००