१० बैशाख २०८१, सोमबार । April 23, 2024

मुख्य खबर

मान्छे जस्तै मौरीको घार



mahuriko-gharआफु चर्चामा आउन विश्वमा अनेक–अनेक गर्ने मान्छेहरु छन् । यस्ता विषयहरु मिडियामा पनि आइरन्छ । तर यस्ता चर्चापरिचर्चा भन्दा संधै टाढा रहेका एक किसानले मौरीको घारमा रोचक प्रयोग गरेका छन । उनले पालेको मौरीका घारमा दुरुस्तै मान्छेको आकृती बनाएका हुन्छन् । उनले यो कुनै चर्चापरिचर्चा र सोखका लागि भने बनाएका होइनन् । यस्को पछाडी रोचक कारणहरु छन् । जहाँ समस्या त्यहाँ उपाय भने झै मौरीका घारहमा जंगली जनावरहरु खास गरी मलीसाप्रोले बारम्बार आक्रमण गर्ने मह खाईदिने र मलीसाप्रोले हाल लगाएपछि मौरीले पनि घार छोड्ने र मलीसाप्रोले हात लगाएको घारमा पुनः मौरी आएर बस्न गाह्रो हुने भएकाले उनेले यस्तो उपाय निकालेका हुन । अहिले मौरी पालनका आधुनिक प्रविधिहरु विकास भएका भए पनि परम्परागत रुपमा मौरी पालन गर्दै आएका पाँचथर एकतीन जरिङ्गेका एक किसानले रुखको डुड अगाडी मौरी प्रवेशद्धारमा दुरुस्तै मान्छेको आकृती बनाएका छन् । यसले गर्दा जंगली जनावरहरुले टाडाबाट मौरीको घार भन्दा पनि मान्छेको आकृती देखिने भएकाले आक्रमण गर्न छोडेका उनी बताउँछ ।

प्रकाशित : १० कार्तिक २०७३, बुधबार ००:००