१८ बैशाख २०८१, मंगलबार । May 1, 2024

मुख्य खबर

कैलालीको प्रारम्भिक नतिजा



धनगढी, १५ असार । प्रदेश नं. ७ नम्बर प्रदेशको एक मात्र उपमहानगरपालिका धनगढीको प्रमुख र उपप्रमुखमा काँग्रेसका उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

साँझसम्म ९०० मत गणनामा धनगढी उपमहानगरको प्रमुखमा काँगे्रसका नृप ओडले ३३४मत र उपप्रमुख सुशीला मिश्र भट्टले ३६५मत पाउनुभएको छ ।

उहाँलाई स्वतन्त्र उम्मेदवार गोपाल हमालले २८९ मतका साथ पछ्याइ रहनुभएको छ । नेकपा (एमाले) का प्रमुखका प्रत्यासी दुर्गा जोशीले ६९ र उपप्रमुख रुक्मीणी देवकोटा १५४मत पाउनुभएको छ ।

नेकपा (माओवादी केन्द्र) का प्रमुखका प्रत्यासी रामसमझ राना थारुले ६२ र उपप्रमुख शान्ति अधिकारी क्षेत्रीले १२९ मत पाउनुभएको मुख्य निर्वाचन अधिकृत धनसिं महराले बताउनुभयो ।

पछिल्लो परिणाम अनुसार घोडाघोडी नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका लक्ष्मण चौधरीले ४६१ र उपप्रमुखमा ममता चलाउनेले ४३०मत पाउनुभएको छ । उहाँहरु दुवै जनालाई प्रमुखमा कांगे्रसकी रीता चौधरीले ३०८र उपप्रमुखमा हेम बमले २५६मतले पछ्याइरहनुभएको छ ।

यसैगरी कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नेपाल लोकतान्त्रिक फोरमका लौटन चौधरीले एक हजार ३० र उप प्रमुखमा स्वदेशनी चौधरीले ९८०, एमालेका प्रमुख तपेन्द्र रावलले ५२४ र उपप्रमुख कमला केसीले ४८२ र काँग्रेसका प्रमुखका उम्मेदवार जङ्गबहादुर साउँदले ५२२ र उपप्रमुख केशरी विष्टले ४७५ मत पाउनुभएको छ । कैलालीमा १३स्थानीय तह छन् ।

अन्य तहको परिणाम ः

१) लम्की चुहा नपा ः
काग्रेस ः प्रमुख ः भक्तबहादुर थापा२१७÷ उपप्रमुख ः धनादेवी डगौरा थारु १९१
एमाले ः प्रमुख ः महादेव बझगाई १७१÷उपप्रमुख ः टीका थापा १८६
नेकपा माओवादी केन्द्र ः प्रमुख ः दलबहादुर विष्ट१३७÷उपप्रमुख ः धना चौधरी १२७ः
२) भजनी न.पा.
नेका ः प्रमुख ः वीरबहादुर हमाल २२२÷उपप्रमुख ः भारती चौधरी २३२ ः
नेकपा माओवादी केन्द्रः प्रमुखः शेरबहादुर चौधरी ५०२÷उपप्रमुख ः छाँया देवकोटा ४८६ ः
नेपाल लोकतान्त्रिक फोराम ः प्रमुख ः केवल चौधरी ७४४÷उपप्रमुख ः धनवसी चौधरी ५७३

३) गौरीगङ्गा नपा
नेका ः प्रमुख ः दिनेश जोशी १२८÷उपप्रमुख ःमेनका जोशी १३७ ः
माओवादी ः प्रमुख देवीदत्त कँडेल ३४८÷उपप्रमुख ःकरुणा चौधरी ३५० ः
एमाले ः प्रमुखः भीम देउवा २३५÷उपप्रमुख ः अञ्चला चौधरी २४४ ः
४) गोदावरी न.पा. ः
नेका ः प्रमुखः बिरेन्द्र भट्ट७०९मत ः
एमाले ः प्रमुख ःहरिसिंह साउद५४५ः
माओवादी ः प्रमुख ः गोकर्ण भट्ट३८६ ः
५) वर्दगोरिया गा.पा.
नेका ः अध्यक्ष ः बलिराम चौधरी२४५ ः
एमाले ः अध्यक्ष ः कर्ण कुवर४३८ ः
माओवादी ःअध्यक्ष ः गणेश राज गिरी४७५

प्रकाशित : १५ असार २०७४, बिहिबार ००:००