२२ बैशाख २०८१, शनिबार । May 5, 2024

मुख्य खबर

किसान महासङ्घको सहयोगमा पोखरी निर्माण



काठमाडौँ, ८ असार । नेकपा (एमाले) निकट अखिल नेपाल किसान महासङ्घको सहयोग र जनश्रमदानमा दक्षिणकाली नगरपालिकाको छैमलेमा नवनिर्मित आकाशे पानी जम्ने पोखरी बुधबार हस्तान्तरण गरिएको छ ।

सो नगरपालिका–८ का करिब ५० घरधुरीका लागि सिँचाइ र चौपायाका लागि पानी अभाव भएपछि रु दुई लाख ३८ हजारमा सो पोखरी निर्माण भएको हो । महासङ्घले त्यसका लागि रु एक लाख सहयोग गरेको थियो । महासङ्घका महासचिव बलराम बास्कोटाले बुधबार सो पोखरी सञ्चालन गराउँदै पानीको मूल सुकेका अन्य जिल्लामा पनि किसानका यस्ता आवश्यकता पूरा गर्न सहयोग गरिने बताए।

भूकम्पका कारण त्यहाँको मूल सुकेपछि स्थानीय बासिन्दा दुई घन्टा पैदल हिँडेर भोर्ले खोलामा पुगेर पानी ल्याउने गरेकामा अब समस्या नहुने स्थानीयवासी शङ्करप्रसाद अधिकारीले बताए।

प्रकाशित : ८ असार २०७४, बिहिबार ००:००