२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

उद्योग व्यावशाय क्षेत्रमा अत्याधुनिक प्रविधिको प्रयोग गर्नुपर्छ : प्रधानमन्त्री ओली



काठमाडौं २८ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले उद्योग व्यावसाय क्षेत्रमा अत्याधुनिक मोडल प्रयोग गरेर देशलाई अघि बढाउनु पर्ने बतउनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५२ औं बार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवशको आज उद्ध्घाटन गर्नुहुदै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो ।
“अब हामीले अन्यत्र काम नलाग्ने भइसकेका सीप, प्रविधि भित्र्याएर होइन विल्कुलै नयाँ प्रविधि प्रयोग गरेर देशलाई अघि बढाउनु पर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्तो प्रविधि हरेक क्षेत्रमा उपयोग गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले सबै क्षेत्रले आफ्ना प्रयासहरुलाई विकास र समृद्धि तर्फ केन्द्रित गर्नु पर्ने बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले नेपालमा चाँडै रेल सेवा सञ्चालन हुने भएकोले त्यसबाट फाइदा लिने गरी तयारी गर्न व्यावसायीहरुलाई आग्रह गर्नुभएको छ । “अब चाँडै रक्सौल काठमाडौं रेल सेवा सञ्चालन हुन्छ । रक्सौलबाट आउँदा रेल भरिएर आउने जाँदा रित्तै जाने स्थिती हुनुहुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “काठमाडौंबाट फर्कदा पनि रेल भर्नका निर्यात हुने उत्पादनमा लाग्नुहोस ।”
प्रधानमन्त्री ओलीले आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिने जति विद्यतु दिन सरकार सक्षम हुने बताउनुभएको छ । “अब बिजुली हुदैन कि भनेर उद्योग सञ्चालन गर्न नहिच्किचाउनुहोस” प्रधानमन्त्री ओलीले भन्नुभयो “आगामी दुईबर्ष भित्र उद्योगलाई चाहिनेजति बिजुली उपलब्ध गराउन सकिन्छ ।”
प्रधानमन्त्री ओलीले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताउनुभएको छ । निजी क्षेत्रका समस्याहरुलाई सुचिकृत गरेर सरकारलाई पेश गर्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुका जायज समस्या समाधान गर्न सरकार सदैव तयार छ ।”

प्रकाशित : २८ चैत्र २०७४, बुधबार ००:००