२२ बैशाख २०८१, शनिबार । May 4, 2024

मुख्य खबर

अमेरिकी सेनाको एउटा अखडालाई लक्षित १० वटा क्षेप्यास्त्र प्रहार



काठमाडौं । पश्चिमी इराकमा रहेको गरिएका छन् । पोप फ्रान्सिसको इराक भ्रमणको दुई दिनअघि अमेरिकी सेना लक्षित आक्रमण भएको बताइएको छ ।

इराकमा सक्रिय इस्लामिक स्टेट समूहविरुद्धको कारबाहीमा इराकी सेनालाई सघाउन अमेरिकी नेतृत्वमा अइन अल–असद सैन्य अखडामा अमेरिकी र इराकी सेना रहेका छन् ।

अमेरिकी सेनाका प्रवक्ता कर्णेल वाइने मारोटोले बिहान ७।२० बजे सैन्य शिविरलाई लक्षित गरी १० वटा क्षेप्यास्त्र प्रहार भएको पुष्टि गरेका छन् ।

इराकी सुरक्षा स्रोतले क्षेप्यास्त्रहरु इरानमा निर्मित अराश मोडेलका रहेको बताएको छ । यी क्षेप्यास्त्रहरु १२२ एमएम आर्टिलरी रकेट र केही भारी किसिमका रहेका छन् ।

प्रकाशित : १९ फाल्गुन २०७७, बुधबार ००:००