१८ बैशाख २०८१, मंगलबार । April 30, 2024

Uncategorized

तेह्रथुमको फेदाप गाउँपालिका– २ ओयाक्जुङमा आगलागी



काठमाडौँ । तेह्रथुमको फेदाप गाउँपालिका– २ ओयाक्जुङमा रहेको सिद्धकाली माध्यमिक विद्यालयमा आज बिहान आगलागी भएको छ । आगलागीमा परी रु एक करोड बढीको विद्यालयको सम्पत्ति जलेर नष्ट भएको छ ।

विद्यालयको प्रशासनिक भवनमा बिहान करीब ३ः०० बजेदेखि आगलागी शुरु भएको विद्यालयका प्रधानाध्यापक कूलप्रसाद दुलालले जानकारी जानकारि दिएका छन् ।

आगलागीमा परी विद्यालयको प्रशासनिक भवनसहित अन्य भौतिक संरचना पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागी हुनुका कारण विद्युत् सर्ट हुनसक्ने प्रअ दुलालले बताएका छन् ।

बिहान १०ः०० बजे शैक्षिक विद्यार्थी, स्थानीय अभिभावक र प्रहरीले आगलागी नियन्त्रणमा लिएको विद्यालयले जनाएको छ ।

प्रकाशित : १५ फाल्गुन २०७७, शनिबार ००:००