३० बैशाख २०८१, आइतबार । May 12, 2024

समाचार

सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु



काठमाडौँ ९ फागुन । सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु भित्रिएको छ । वीरेन्द्रनगर नगरपालिका १२, स्थित नौलोटोलमा कृषकले पालेको स्थानीय कुखुरा र परेवामा बर्डफ्लु देखिएको हो ।

रोग नियन्त्रणका लागि सहजीकरण गर्न केन्द्रबाटै पशु चिकित्सकको विज्ञ टोली खटाइएको जानकारि प्राप्त भएको छ ।

बर्डफ्लु देखिएपछि तत्काललाई भारतबाट कुखुरा ल्याउन प्रतिबन्ध लगाउने, शंकास्पद स्थानमा परीक्षण गर्ने र कुखुरा नष्ट गरेका कृषकलाई राहत वितरणलगायतका कार्यक्रमहरु गर्ने सूचना अधिकारी कृष्णप्रसाद चपाइले जानकारि दिएका छन् ।

प्रकाशित : ९ फाल्गुन २०७७, आइतबार ००:००