२८ बैशाख २०८१, शुक्रबार । May 10, 2024

समाचार

प्रचण्ड: ‘केपी ओलीले अहिले जनतालाई दिएका आस्वासन गलत छन्



काठमाडौँ ३ फागुन ।  नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले गरिरहेको कदम गलत भएको टिप्पणी गरेका छन् ।

सोमबार गृहजिल्ला चितवन पुगेका उनले जमिन बाँड्नेजस्ता प्रलोभन देखाएर ओलीले सर्वसाधारण भेला गरेको भन्दै त्यसको कुनै अर्थ नहुने बताए । ‘केपी ओली ले जनतालाई अहिले देखाएका आस्वासन गलत हुने र पुरा नहुने उनको भनाई छ ।

अहिले नेपाली जनताले लामो संघर्ष र बलिदानबाट प्राप्त भएको उपलब्धी प्रधानमन्त्री ओलीले धरापमा पारेको भन्दै उनले भने ‘आम नेपाली जनता र राम्रो दिमाग भएका व्यक्ति, उहाँका विरुद्धमा छन् ।’

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००