२३ बैशाख २०८१, आइतबार । May 5, 2024

मनोरञ्जन

विशाखा, अजय र अभीको मायाँ गर्नु पर्दैन दर्शकमाझ



काठमाडौँ ३ फागुन । नव गायक राम श्रेष्ठले नयाँ गीत मायाँ गर्नु पर्दैन ,को भिडियो दर्शकमाझ ल्याएका छन् । बियोगान्त भावको यो गीतलाई सुवर्ण कुमार श्रेष्ठले लेखेका हुन् । जसमा संगीत र भिडियो सम्पादन, छायाँकन पनि सुवर्ण कुमारकै रहेको छ ।
गायिका तथा मोडल विशाखा गिरीसँग यो भिडियोमा अजय नगरकोटी र अभी सुनुवारले अभिनय गरेका छन् । भिडियोमा यी तीन पात्रको त्रिकोणात्मक प्रेम सम्बन्ध समेटिएको छ । अजय र अभीको यो डेब्यु भिडियो हो । जसमा गीताञ्जली योगीको मेकअप रहेको छ ।
त्रिकोणात्मक प्रेम भावमा यो गीत तयार पारिएको छ । गीतको भिडियोलाई हाईलाईट्स नेपाल युट्युव च्यानलबाट रिलिज गरिएको छ । भिडियोमा एक युवतीको दुई युवासँग समानान्तर प्रेमले त्यसले निम्त्याएको समस्या देखाईएको छ ।
डब्बु क्षत्रीको निर्देशनमा तयार भएको यो भिडियोले यतीबेला दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

प्रकाशित : ३ फाल्गुन २०७७, सोमबार ००:००