२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

अंकितअमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ ।  अंकितअमरु श्रेष्ठको ‘घुम्न जाउ सरर’ भिडियोसहित बजारमा आएको छ । गीतमा शब्द/संगीत शशि बिक्रम थापाको रहेको छ भने विनोद कुमार भुजेलको संगीत संयोजन रहेको छ ।

शिव खाण्ड ठकुरीले निर्देशन गरेको भिडियोमा मुख्य कलाकारको रुपमा आग्रह श्रेष्ठ र रक्षा थापालाइ देख्न सकिन्छ भने अन्य कलाकार प्रजन पौडेल र शुभम गणेशको सम्म अभिनय देख्न सकिन्छ ।

भिडियोमा सह-निर्देशकमा रोमिओ गुरुङ र विशाल डोटेल र आर्ट निर्देशनमा विकाश जोशीलाइ देख्न सकिन्छ । आयुष श्रेष्ठको छायाकंन रहेको भिडियोमा शिव खाण्ड ठकुरी र रोमियो गुरुङको सम्पादन रहेको छ । भिडियोलाइ सुमन कोइरालाले कोरियोग्राफी गरेका छन भिडियोको कथा सन्तोष पौडेल,शिव खण्ड ठाकुर र जनक बहादुर श्रेष्ठको रहेको छ ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००