२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

करेन्ट लागेर मृत्यु


२९ माघ २०७७, बिहिबार ००:००

0
Shares

काठमाडौँ २९ माघ । अछामको मेल्लेख गाउँपालिका ३ दर्वास्थित काशीगाड खोलामा माछा मार्ने क्रममा विजुलीको तारबाट करेन्ट लागेर मेल्लेख गाउँपालिका ३ स्थीत २५ वर्षीय खेम बुढाको बुधबार दिउँसो मृत्यु भएको छ ।
खोलामा सोही ठाउँ बस्ने धिरेन्द्र साहले माछा मार्नको लागि बिछ्याएको विजुलीको तारबाट करेन्ट लागि गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी बगुडामा उपचारको क्रममा मृत्यु भएको हो ।
धिरेन्द्र साहलाई पक्राउ गरी यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : २९ माघ २०७७, बिहिबार ००:००