२१ बैशाख २०८१, शुक्रबार । May 4, 2024

International

म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएपछि नागरिकलाई संयमता अपनाउन सेनाको आह्वान


२७ माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २७ माघ ।   म्यानमारमा सैन्य कू विरुद्ध प्रदर्शन चर्किएपछि नागरिकलाई संयमता अपनाउन सेनाको आह्वान गरेको छ । कू पछिको पहिलो टेलिभिजन सम्बोधनमा सेना प्रमुखले आफ्ना कदमको औचित्य पुष्टि गर्न खोजेका हुन् । सैन्य प्रमुख मिन ओङ ह्लाइङले गत नोभेम्बरको चुनाव निष्पक्ष नभएको दाबी गरे ।

देशमा स्थिरताका लागि प्रदर्शन र विरोध बाधक हुने भन्दै सेनाले नागरिकलाई संयमता आह्वान गरेको छ। देशभर भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको सेनाको भनाइ छ ।

सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ । म्यानमारमा सैन्य कू को विरोधमा देशभर शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन भइरहेका छन् ।

प्रकाशित : २७ माघ २०७७, मंगलबार ००:००