२२ बैशाख २०८१, शनिबार । May 4, 2024

International

जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी


२० माघ २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौँ २० माघ । जापानमा लागू गरिएको संकटकाल फेरि एक महिना लम्ब्याउने तयारी भएको अन्तराष्ट्रिय समारमा उल्लेख गरिएको छ ।

कोरोनाभाइरसको महामारी फैलिँदै गएकाले जापानमा संकटकाल लगाइएको हो । महामारी अहिले पनि नियन्त्रणमा नआएकाले फेरि लम्ब्याउनु परेको अधिकारीहरूले बताएका छन् ।

राजधानी टोकियोसहित महत्वपूर्ण ११ सहरी क्षेत्रमा आगामी मार्च ७ सम्म संकटकाल लम्ब्याउने तयारी भएको उनीहरूको भनाइ छ ।
जापानका प्रधानमन्त्री सुगाले यही जनवरी ७ तारिखमा कोरोना संकटकाल घोषणा गरेका थिए । संकटकालको अवधि लम्ब्याउने अन्तिम घोषणा गर्नुअघि प्रधानमन्त्री सुगाले सरोकारवाला तथा विज्ञहरूसँग छलफल गर्ने भएका छन् ।

अहिले लागू गरिएको संकटलकाल आगामी फेब्रुअरी ७ तारिखमा सकिन लागेकाले प्रधानमन्त्री सुगाले संकटकाल लम्ब्याउने कि नलम्ब्याउने भन्ने निर्णय गर्नुपर्ने भएको हो ।

जापानमा सोमबार मात्रै थप एक हजार ७९२ जना कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
योसँगै देशभरी अहिलेसम्म सङ्क्रमितहरूको कुल सङ्ख्या तीन लाख ९२ हजार ४७५ पुगेको छ ।

प्रकाशित : २० माघ २०७७, मंगलबार ००:००