२० बैशाख २०८१, बिहिबार । May 2, 2024

Uncategorized

‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने


९ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाण्डौ ९ माघ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी–२’ आउँदो बर्षको दशैंमा रिलिज हुने भएको छ । निर्माणपक्षले अर्को बर्षको दशैंलाई प्रदर्शन मिति तय गरेको छ । चलचित्रको छायांकन सकिएसँगै निर्माणपक्षले प्रदर्शन मिति तय गरेको बताइएको छ ।

निर्माता राजेश वंशलले लकडाउनअघि र पछि गरि ५० दिन लगाएर चलचित्रको छायांकन गरिएको बताएका छन् । अमेरिका, भारतको विभिन्न स्थानसँगै नेपालको पोखरा, पाल्पा, चितवन, काठमाडौं लगायतका स्थानमा चलचित्रको छायांकन गरिएको छ ।
चलचित्रमा दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लू लगायतका कलाकारको अभिनय छ ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००