२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

राजधानीमा नेकपा प्रचण्ड-नेपाल समूहको शक्ति प्रदर्शन



काठमाडौं ९ माघ, । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको छ । आजको प्रदर्शनमा एक लाख बढी सहभागी हुने उक्त समूहले दाबी गरेको छ ।
काठमाण्डौको माइतीघर, लैनचौर, त्रिपुरेश्वर, कुपण्डोल, लैनचौर, प्रदर्शनीमार्ग, त्रिचन्द्र कलेज, शान्तिबाटिका, बागबजार लगायतका स्थानबाट जुलुस निस्किएको जुलुस रत्नपार्कमा मिसिएको थियो । त्यो मुल जुलुस रत्नपार्क, बागबजार, पुतलीसडक, भद्रकाली, सुन्धारा, भोटाहिटी, पुरानो बसपार्क हुँदै भृकुटीमण्ड पुगेर विरोधसभामा परिणत भएको छ ।
प्रचण्ड–माधव समूहले संसद विघटनको असंवैधानिक कदम नसच्चिएसम्म आन्दोलन जारी राख्न
बताएका छन् । आन्दोलनमा संघर्ष समितिले निर्धारण गरेका निश्चित नारा मात्र लगाउन दिइएको थियो ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००