१९ बैशाख २०८१, बुधबार । May 1, 2024

मुख्य खबर

राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटियो


९ माघ २०७७, शुक्रबार ००:००

0
Shares

काठमाडौँ । चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एक सिंगे गैंडा मृत भेटिएका छन्। गत बुधबार पदमपुर फाँटास्थित अर्ना इन्क्लोजर क्षेत्रमा एउटा केटो गैंडाको बच्चा र बिहीबार बेलशहरघाट क्षेत्रमा भाले गैंडा मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

अन्दाजी १८ महिनाको केटो र ३० वर्षको भाले गैंडा प्राकृतिक कारणले मरेको अनुमान निकुञ्जको छ।
केटोको ब्रम्हखाग र खुर तथा भाले गैंडाको खाग, खुर सुरक्षित रहेको अधिकारीले बताए।

दुईको मृत्युसँगै चितवन निकुञ्जमा यस आर्थिक वर्षमा २२ वटा गैंडा मरेका छन्। ४ वटा सिकारीले मारेका थिए।
यस वर्ष प्रकृतिक कारणले गैंडा मर्नेक्रम निकै बढेको छ।

प्रकाशित : ९ माघ २०७७, शुक्रबार ००:००