६ जेष्ठ २०८१, आइतबार । May 19, 2024

समाचार

ओली निकट नेकपाको केन्द्रीय कमिटी संख्या विस्तार, १ हजार ५ सय १ पुर्‍याइयो


२७ पुस २०७७, सोमबार ००:००

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी विस्तार गरेका छन् ।

अध्यक्ष ओलीले नेकपाको अन्तरिम विधान संशोधन गरेर केन्द्रीय कमिटी संख्या विस्तार गरी १ हजार ५ सय १ पुर्‍याएका हुन् ।

आइतवार अन्तरपार्टी निर्देशीका जारी गर्दै प्रधानमन्त्री ओलीले केन्द्रीय कमिटीको संख्या १ हजार ५ सय १ पुर्‍याएका हुन् ।

तत्कालिन एमाले र माओवादीबीच एकता हुँदा नेकपामा ४ सय ४१ जनाको केन्द्रीय कमिटी रहेको थियो ।

जसमा पछि ४ जना पछि थपिएको र तीन जनाको मृत्यु भएको थियो भने ८ जना विभिन्न ८ जना राजकीय जिम्मेवारीमा रहेका छन् ।

संसद विघटनपछि नेकपा विभाजन भएसँगै ओलीले अन्तरपार्टी निर्देशिका जारी गर्दै केन्द्रीय कमिटीको संख्या बढाएका हुन् ।

त्यस्तै पुस ७ देखि ९ गतेसम्म बसेको ओली निकट नेकपाको तेस्रो केन्द्रीय कमिटी बैठक सर्कुलर गर्दै रिक्त पदाधिकारीमा मनोनयन गर्ने अधिकार अध्यक्ष ओलीलाई दिँदै उक्त मनोनयन केन्द्रीय कमिटीले अनुमोदन गरेपश्चात् कार्यान्वयनमा जाने प्रबन्ध गरिएको बताइएको छ ।

प्रकाशित : २७ पुस २०७७, सोमबार ००:००