काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २ सय ५९ मा संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार ५ सय १३ संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म २ लाख ६४ हजार ७८० जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोनाका कारण हालसम्म ज्यान गुमाउनेको संख्या १९ सय १७ पुगिसकेको छ ।
प्रतिक्रिया