१२ बैशाख २०८१, बुधबार । April 24, 2024

मनोरञ्जन

रंगमंचमा अभिनय गर्दै स्वस्तिमा


२६ पुस २०७७, आइतबार ००:००

0
Shares

चलचित्रमा स्थापित कलाकारहरु रंगमञ्चमा केन्द्रित हुन थालेका छन् । रंगमञ्चबाट उदाएर धेरै कलाकार चलचित्रमा स्थापित भएका प्रसस्त उदाहरण छन् । चलचित्रमा लागेपछि रंगमञ्चमा काम गर्ने कलाकारहरु भने कम छन् ।

चलचित्र ‘बुलबुल’मा उत्कृष्ट अभिनय गरेर राष्ट्रिय तथा अन्तरराष्ट्रिय अवार्ड समेत जितेकी नायिका स्वस्तिमा खड्काले पनि अब नाटकमा अभिनय गर्ने भएकी छिन् । स्वस्तिमा नाटकको तयारीका लागि वर्कशपमा व्यस्त छिन् ।उनले, नारायण वाग्लेले लेखेको चर्चित उपन्यास ‘पल्पसा क्याफे’माथि रहेर बन्न लागेको नाटकमा अभिनय गर्ने तयारी गरिरहेकी छिन् ।

प्रकाशित : २६ पुस २०७७, आइतबार ००:००