६ जेष्ठ २०८१, आइतबार । May 20, 2024

समाचार

पाँच दिनदेखि पाथीभरा क्षेत्रमा लागेको डढेलो नियन्त्रमा आएन, मन्दिर छेउमै आगो पुग्यो


१३ पुस २०७७, सोमबार ००:००

0
Shares

पुष, १३ ताप्लेजुङ । पूर्वको प्रसिद्ध स्थल पाथीभरा क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको छैन् । डढेलोले अझै ठूलो रुप लिएको ।

डढेलो आज विहान मन्दिर परिसरमा नै पुगेको छ ।

आज विहान एक्कासी बढेर मन्दिर परिसरमा नै पुगेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणी काफ्लेले जानकारी दिए । उनका अनुसार अहिलेसम्म मन्दिर भने सुरक्षित रहेको छ । मन्दिर छेउमै आगो पुगे पनि सोहि भागका रुखपात हटाईएकाले र सल्किहाल्ने अरु संरचना नभएकाले मन्दिर भित्रै आगलागि पस्ने सम्भावना भने नरहेको बताईएको छ ।

मन्दिरको सुरक्षाका लागि स्थानीयबासी र तीन वटै सुरक्षा निकायका सुरक्षाकर्मीको बाक्लो उपस्थिती रहेको छ । मानविय प्रयासबाट आगो नियन्त्रणका लागि हदै सम्मको कार्य भएको र आईतबार आंसिक नियन्त्रणमा आए पनि आज विहान हावा चलेकाले थप सल्किएर ठुलो रुप लिएको स्थानीयले बताए । विहिबार फुङलिङ नगरपालिका ११ फावाखोला स्थित पाथीभरा सिम्बू सामुदायिक बन बाट आगालागि सुरु भएको थियो ।

आगलागि क्षेत्र मूख्य गरि बन्यजन्तु रेडपाण्डाको बास स्थानका रुपमा लिने गरिएको छ । आगलागिले बहुमूल्य जटिबुटि तथा बनस्पती साथै विभिन्न प्रजातिका बोटविरुवा नष्ट भएकाछन् । आगलागिको कारण समेत खुलेको छैन ।

आगलागिका कारण खानेपानीको पाईप जल्दा माथिल्लो फेदिका स्थानीयबासी भने समस्यामा परेकाछन् ।

प्रकाशित : १३ पुस २०७७, सोमबार ००:००