२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

अर्थ

सुनको मूल्य घट्यो, आज कतिमा कारोबार भइरहेको छ ?


७ पुस २०७७, मंगलबार ००:००

0
Shares

काठमाडौं, ७ पुस । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले ओरालो लागेको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा कारोवार हुने गरी तोकिएको छ । छापावाला सुन सोमबार प्रतितोला रु ९५ हजार २०० मा कारोवार भएको थियो ।

यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९४ हजार ४०० मा कारोवार हुने गरी तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन प्रतितोला रु ९४ हजार ७०० मा सोमबार कारोवार भएको थियो ।

यसैगरी चाँदी प्रतितोला रु पाँचले घटेको छ । प्रतितोला रु एक हजार ३२० मा सोमबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार ३१५ मा कारोवार हुने गरी तोकिएको छ ।

प्रकाशित : ७ पुस २०७७, मंगलबार ००:००