१९ बैशाख २०८१, बुधबार । May 2, 2024

समाचार

कवि तुम्खेवालाई बेलायतमा १ लाख राशिको पुरस्कार




काठमाण्डौ । चर्चित युवाकवि विमला तुम्खेवा नेपाली प्रतिभा प्रतिष्ठान बेलायतबाट पुरस्कृत हुने भएकी छिन । प्रतिष्ठानले आज प्रतिभा पुरस्कार २०२० को घोषणा गरेको हो । उनी संगै वरिष्ठ साहित्यकार तथा भाषा संस्कृतिविद डा राजेन्द्र बिमल (जनकपुरधाम) रु ५० हजार नगद सहित सम्मानीत हुदै छन् ।
कवि विमला तुम्खेवा २५ बर्षदेखि कविता लेखनमा सक्रिय छिन् । तुम्खेवा पत्रकारिता तथा आख्यान लेखनमा समेत सक्रिय छिन् ।
साडे दुई दशक लामो साहित्य लेखन यात्रामा अनेकन उत्तारचढाव आएपनि कहिले थकान नलागेको तुम्खेवा बताउँछिन । उनी भन्छिन बरु अप्ठ्याराहरुमा कैयन पटक कविताले थेरापीको काम गरेको छ ।
उनको विमला तुम्खेवाका कविताहरु, नदी, छाल र तरङहरु, हत्केलामा पृथ्वी लिएर उभिएको मान्छे कविता संग्रह लगायत प्रकाशित छ ।

प्रकाशित : ६ पुस २०७७, सोमबार ००:००