६ बैशाख २०८१, बिहिबार । April 18, 2024

Breaking

निर्वाचन घोषणापत्रमा सुझाव दिन एमालेको आग्रह



काठमाण्डौ । नेकपा (एमाले) आइतबारको स्थायी कमिटीको बैठकले आशन्न स्थानीय तहको निर्वाचन केन्द्रित प्रतिबद्धतापत्रमा सुझाव दिन सार्वजनिक आह्वान गरेको छ ।
केन्द्रस्तरबाट जारी हुने पार्टीको घोषणापत्रको मस्यौदालाई अन्तिमरूप पनि दिएको छ । केन्द्रीय घोषणापत्रको मस्यौदामा स्थायी कमिटीका सदस्यले यही २० चैतसम्ममा आफ्नो लिखित सुझाव पेस गर्नेछन् ।

बैठकले यही १६ चैतमा भर्चुअल बैठक बस्ने निर्णय गरेको छ । उक्त बैठकमा केन्द्रस्तरका नेता भौतिकरूपमा तथा प्रदेश, जिल्ला र पालिकास्तरमा भने भर्चुअलरूपमा सहभागी हुनेछन् ।

प्रदेश तथा जिल्ला कमिटीले तोकेका सबै पालिकाका इञ्चार्ज र अध्यक्ष, पार्टीका तर्फबाट पालिकाका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्ष, प्रदेश र जिल्ला कमिटीका पदाधिकारी, मस्यौदा तयारीमा संलग्न हुने जिल्ला, पालिका तथा प्रदेशकोतर्फबाट तोकिएका विज्ञ र स्थायी कमिटीका सदस्य भर्चुअलरूपमा बैठकमा सहभागी हुनेछन् ।

प्रकाशित : १४ चैत्र २०७८, सोमबार ००:००