९ बैशाख २०८१, आइतबार । April 22, 2024

ब्लग

न्यूटनको प्रेरक भनाईहरु



– हरेक क्रियाको बराबर तर विपरित प्रतिक्रिया हुन्छ

– जो माथि जान्छन् उनीहरु तल आउनु स्वभाविक हो ।

– म अरुजस्तै साधारण नै छु तर मेरो प्रयोगले मलाई असाधारण बनाइदिएको छ ।

– हामी मानिसले पर्खाल त धेरै बनायौं तर, पुल पर्याप्त बनाएनौं ।

– म आकाशिय पिण्डहरुको गणना त गर्न सक्छु तर मानिसको पागलपनको गणना गर्न सक्दिन ।

– उत्थानपछि विनाश पनि सम्भव छ ।

– त्रुटी कलामा हुँदैन बरु कलाकारमा हुन्छ ।

– यदि मैले मानिसको कुनै पनि सेवा गरेको छु भने यो मेरो सोचको कारण नै सम्भव हुन सकेको हो ।

– म पनि साधारण नै छु, मेरो सफलताको राज अरु कुनै शक्ति होइन मेरो निरन्तरको प्रयास र कोशिश हो।

– कुनै पनि खोज साहसिक निर्णय बिना असम्भव छ ।

– एक वस्तु त्यतिखेर सम्म आफ्नो सिधा रेखामा गतिशिल रहन्छ जबसम्म उसमाथि कुनै बाहिरी बल नगर्नुहोस् ।

– प्रकृति सँधै सादगीमा नै खुसी हुन्छ ।

– मेरो लागि सांसरिक सम्मान वा गौरव कहिल्यै पनि विज्ञानको क्षेत्रमा प्रगति भन्दा ठूलो होइन ।

– यदि म अरुको तुलनामा आफूलाई अगाडि पाउँछु भने यस्तो दिग्गजको काँधको सहारामा नै गर्न सकेको हुँ ।

– धैर्य नै प्रतिभा हो ।

– कुनै पनि अन्य सबूतको अनुपस्थितीमा एक्लो औंला मलाई भगवानको अस्तित्वको बारेमा बुझाउनको लागि प्रेरित गर्छ ।

– प्लेटो मेरा साथी हुन र अरिस्टोटल पनि मेरा साथी हुन् तर मेरो सबैभन्दा ठूलो साथी सत्य हो ।

– कसैलाई पनि आफ्नो दुश्मन नबनाइ आफ्नो लक्ष्य प्राप्त गर्ने कला चातुर्यता हो ।

– म यो संसारको लागि के हुँ म जान्दिन तर, मेरो नजरमा म समुन्द्रको किनारमा चिल्लो पत्थर र सीप खोज्न व्यस्त बच्चा समान हुँ । जबकी मेरो अगाडि सत्यको अबुझ अथाह सागर फैलिएको छ ।

– कडा मेहनत पछि मात्रै मैले आफूलाई यस्तो बनाउन सकेको छु ।

प्रकाशित : १६ मंसिर २०७७, मंगलबार ००:००