३ श्रावण २०८१, बिहिबार । July 18, 2024

Breaking

आज नागपञ्चमी : नागको पूजाअर्चना गरीमनाइँदै



काठमाडौँ । आज नागपञ्चमी पर्व परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा नाग टाँसेर मनाइँँदै छ ।

हरेक बर्ष यो श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार भदौमा यो पर्व परेको हो । घरको मुल ढोकामा नागको तस्बिर टाँस्दा वर्षभर घरमा नाग, सर्प र बिच्छीलगायतका जीवले दुःख नदिने र अग्नि, मेघ र चट्याङबाट बच्न सकिन्छ भन्ने जनविश्वास रहेको छ ।

यो पर्व वैदिककालबाट नै सुरु भएको हो । वैदिक मान्यताअनुसार नागलाई सर्पको राजा मानिन्छ ।

प्रकाशित : ४ भाद्र २०८०, सोमबार ००:००