२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

अर्थ

सुनको मूल्य घट्यो, आज कसरी कारोबार भइरहेको छ ?



काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य प्रतितोला ३ सय रुपियाँ घटेको छ । चाँदीको मूल्य भने प्रतितोला १० रुपियाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार १ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार ६ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपियाँ निर्धारण गरिएको छ ।

गत साताको शुक्रबार भने छापावाल सुन प्रतितोला ९६ हजार ४ सय रुपियाँ, तेजाबी सुन प्रतितोला ९५ हजार ९ सय रुपियाँ र चाँदी प्रतितोला १३ सय १० रुपियाँमा कारोबार भएको थियो ।

प्रकाशित : २१ भाद्र २०७७, आइतबार ००:००