२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

International

कोरोना महामारी अझ खराब हुने डब्ल्यूएचओको चेतावनी



काठमाडौं ३०, असार । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोना (कोभिड–१९) भाइरसको महामारी अझै खराब हुँदै जाने चेतावनी दिएको छ।

सरकारहरूले सशक्त कदमहरू चाल्न नसके भयावह स्थिति आउन सक्ने जनाएको छ। डब्ल्यूएचओका महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयससले विश्वका थुप्रै देशहरू गलत दिशातर्फ गइरहेको औंल्याए।

प्रमाणित उपायहरू नअपनाइएका वा नपछ्याइएका ठाउँमा सङ्क्रमितहरू बढिरहेको उनको भनाई छ।

कोरोना नियन्त्रणमा लिन सरकारहरूले जनविश्वास गुमाएको पनि बताए।हाल अमेरिका, ब्राजिललगायतका देशहरू कोरोना भाइरसबाट बढी प्रभावित बनेका छन्।

हालसम्म विश्वभर करोड बढी मानिसहरू संक्रमित छन्। लाखौं मानिसले ज्यान गुमाएका छन्।

प्रकाशित : ३० असार २०७७, मंगलबार ००:००