२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

मुख्य खबर

नेपालमा कोरोना संक्रमित साढे १६ हजार नजिक, ३५ जनाको मृत्यु



काठमाडौं २४, असार । नेपालमा कोरोना संक्रमितको सङ्ख्या १६ हजार ४२३ पुगेको छ।

आज (बुधबार) २५५ जनामा कोरोना संक्रमण देखिएसँगै संक्रमितको सङ्ख्या त्यति पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमकाअनुसार ४ हजार ६९६ जनाको पिसिआर परीक्षण गरिएको थियो। परीक्षणको क्रममा २५५ जनामा संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले बताए।

संक्रमितमध्ये २ ५३ जना उपचारपछि निको भएर घर फर्केका छन्। निको हुनेको सङ्ख्या कूल ७ हजार ७५२ पुगेको छ। र, मृत्यु हुनेको सङ्ख्या ३५ पुगेको छ।

हाल देशभर ८ हजार ६३६ जना कोरोना संक्रमित आइसोलेसन वार्डमा छन्। उनीहरूको उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

देशभर कोरोना संक्रमण फैलिएको भएपनि चार जिल्ला भने कोरोना ‘फ्रि’ भएका छन्। भएका संक्रमितहरू निको भएर घर फर्किसकेपछि तेह्रथुम, भोजपुर सोलुखुम्बु र हुम्ला कोरोना ‘फ्रि’ जिल्ला भएका हुन्।

प्रकाशित : २४ असार २०७७, बुधबार ००:००