२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

१४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्दै कांग्रेस



काठमाडौं १२, असार । आगामी फागुन ७ गते तय भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन नहुने सम्भावना देखिएको छ।

त्यसका लागि महाधिवेशनको कार्यतालिका हेरफेर गर्न कांग्रेसको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ। संस्थापन पक्षले महाधिवेशनलाई अलिक पर धकेल्न चाहेको देखिन्छ।

फेरि, यही बेला कोरोना महामारी पनि देखिएको अवस्थामा फागुनमा महाधिवेशन नगर्ने संस्थापन पक्षलाई कार्यतालिका हेरफेर गर्न अनुकूलता मिलेको छ।

महाधिवेशन आउन लागेको अवस्थामा पनि भातृसंगठनहरू भने तदर्थमै चलेका छन्। सांगठानिक मजबुती नभएको र विद्यानतः समयमै महाधिवेशन गर्न नसक्ने स्थिति आएपछि कांग्रेस पार्टी नै बद्नाम हुने देखिन्छ।

कांग्रेसले हालसम्म पनि क्रियाशील सदस्यताको काम सकेको छैन। लथालिङ्ग अवस्थामा पार्टी पुगेपछि आन्तरिक लोकतन्त्र कमजोर भएको कांग्रेसकै नेताहरूले टिप्पणी पनि गर्दै आएका छन्।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००