२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

नेकपा स्थायी कमिटी बैठक : नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने मत व्यक्त



काठमाडौं १२, असार । नेपाल–भारत सीमा क्षेत्रमा तारबार लगाउनु पर्ने माग सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा उठेको छ।

कतिपयले भने सीमालाई नियमन मात्रै नभई सिल गरेर देशको भूमि रक्षा गर्नु पर्ने पनि बताएका छन्।

आज (शुक्रबार) देखि सुरु भएको बैठकमा स्थायी कमिटी सदस्यहरू देव गुरुङ, लीलामणि पोखरेल, पम्फा भुसालले सीमामा सिल गर्नु पर्ने मत राख्दा अमृत बोहोराले पर्खाल नै लगाउनु पर्ने र प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा नियमन र नियन्त्रण गर्नुपर्ने बताए।

बैठक सुरु भएपछि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल– सीमा विवाद, ऐतिहासिक तथ्य र कूटनीतिक सम्वादमार्फत सीमा विवाद समाधानका लागि नेपालले गरेको प्रयासप्रति भारत सकारात्मक नरहेको जानकारी दिएका थिए।

नेकपाको स्थायी कमिटी बैठकको यसअघि पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गएको बुधबार सामयीक सवालमा सम्बोधन गरेर उद्घाटन गरेका थिए।

बैठकमा पार्टी र सरकारको कामकारबाहीको समिक्षा, अमेरिकी सहयोग परियोजना एमसिसी, नागरिकता विद्येयकलगायतका एजेण्डामाथि छलफल हुने भएको छ।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००