२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

ट्रेड युनियनको सरकारसँग माग : सौदावाजी गरेर संघीय निजामति विद्येयक टुङ्ग्याइयाेस्



काठमाडौं १२, असार । निजामति कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले संघीय निजामति सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयकलाई युनियनसँग सामाजिक सौदावाजी संवाद गरेर मात्रै अन्तिम निश्कर्षमा पुग्न सरकारसँग माग गरेको छ।

युनियनले विद्येयकमा भएको व्यवस्थाको प्रत्यक्ष प्रभाव राष्ट्रसेवक कर्मचारीमा पर्ने भन्दै विद्येयकलाई सामाजिक सौदावादी गरेर मात्रै अन्तिम रूप दिनु पर्नेमा जोड दिएको हो।

सरकारको तीनवटै तहमा राष्ट्रियस्तरको ट्रेड युनियनसहितको आधिकारिक टे«ड युनियनको व्यवस्था, योग्यता प्रणाली र वृत्ति विकासको सुनिश्चितता, सेवारत कर्मचारीलाई प्रतिस्पर्धामा उमेर हद नलाग्ने र सरुवा प्रणालीमा स्वेच्छारिताको अन्त्यको माग पनि युनियनले गर्दै आएको छ।

यससँगै युनियनले चक्रिय र पूर्वानुमानयोग्य सरुवा प्रणाली, स्थानीय र प्रदेश तहबाट संघ र प्रदेशमा सरुवाको व्यवस्था, निजामति कर्मचारीको कल्याणकारी कोषको स्थापनाको माग पनि सरकारसँग गरेको छ।

मुख्यसचिवमार्फत प्रधानमन्त्री केपी शर्मा ओली र सामान्य प्रशासनमन्त्रीलाई युनियनले माग पत्र बुझाउँदै उक्त मागहरू सम्बोधनका लागि अपिल पनि गरेको युनियनका सचिव अम्वादत्त भट्टले बताएका छन्।

प्रकाशित : १२ असार २०७७, शुक्रबार ००:००