२० बैशाख २०८१, बिहिबार । May 3, 2024

ग्लोबल

चमेरा भन्दा ज्यादा सालकः कोरोनाको कारक !



नगेन चाम्लिङ
वासिङटन। केही अध्यायनहरुले देखए अनुसार मानिसमा कोरोना संक्रमण फैलनुको खास कारण चमेरा भन्दा ज्यादा सालक भएको बताईएको छ ।

फोटोः नेपालको भक्तपुरका एक स्थानियले समाएको अति लोपोन्मुख जन्तु सालक । रासस


साउथ चाईना एग्रीकल्चर युनिभर्सिटी ग्वाङझावमा रहेका दुई खोजकर्ता सेन योङयी र छियव लिहुवलाई उद्रित गर्दै भनिएको छ, कोरोना संक्रमितसंग लिएको नमुना र सालक संग हुने नमुना बीच ९९ प्रतिसत मेल खाएको छ । यस अघि चमेरा र संक्रमित संग लिएको नमुना अनुसार ८८ प्रतिशत मेल खाएको थियो । नमुनाहरु तुलना गर्दा चमेरा भन्दा ११ प्रतिशत ज्यादा सम्भावना सालकबाट मानिसमा सरेको भन्ने विश्वास गर्न सकिन्छ । उता युनिभर्सिटी अफ सिड्नी, अष्ट्रेलियाका बैज्ञानिक एडवार्ड हेल्मनको भनाई पनि चाईनिज अनुसन्धानकर्ता द्वयको भनाई जस्तै छ । उनले प्रतिशतको कुरा नगरे पनि सालकबाट सरेको हुनसक्ने सम्भावनालाई जोड दिएका छन् । तथापि तीनै विज्ञहरुले किटान गरेर प्रमाणित गर्न थप समय लाग्ने बताएका छन् । विचारणिय के छ भने विश्व स्वास्थ्य संगठनले समेत कोरोनाको श्रोत पत्ता नलगाईसकेको जनाईएको छ । र बुझ्नुपर्ने खुसीको शन्देश के छ भने, तस्करीको कारण सालक अती लोपउन्मुख जन्तुमा पर्छ । यदी साकलकै कारणले कोरोना संक्रमण संसारभर माहामारी भई फैलिएको हो भने सालकको तस्करी बन्द भई संरक्षीत जनावर कसो नहोला?
बिवरण: विभिन्न साईट्सको साहयता बाट तयार पारिएको हो ।

प्रकाशित : ११ चैत्र २०७६, मंगलबार ००:००