२ जेष्ठ २०८१, बुधबार । May 15, 2024

अर्थ

कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ




८ माघ, अर्थमन्त्री युवराज खतिवडाले मंगलबार कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत कर फिर्ता गर्ने प्रणाली शुभारम्भ गरेका छन् । योसँगै कर लाग्ने वस्तु तथा सेवा खरिदको भुक्तानी कार्डमार्फत गर्दा उपभोक्ताले आजबाट १० प्रतिशत कर फिर्ता पाउने भएका पक्का भएको छ । यो कार्यक्रम औपचारिक रूपमै कार्यान्वयनमा ल्याइएको हो ।

उपभोक्ताले मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवा खरिद गर्दा त्यसको भुक्तानी विद्युतीय माध्यमबाट गरेमा १० प्रतिशत भ्याट फिर्ता दिने घोषणा सरकारले यस वर्षको बजेटमार्फत घोषणा गरेको थियो । पुस २५ बाट यो कार्यक्रम शुभारम्भ गरिने भनिएको थियो । तर, अलि ढिलो भएपनि आजबाट यो कार्यक्रम सुरु भएको हो ।

प्रकाशित : २८ माघ २०७६, मंगलबार ००:००