२५ बैशाख २०८१, मंगलबार । May 8, 2024

समाचार

सरकारको कमजोरीको फाइदा उठाउँदै भारतले नक्सा तयार गर्यो : देउवा



मंसीर १०, विराटनगर । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति सेरबहादुर देउवाले सरकारको कमजोरीको फाइदा उठाउँदै लिम्पियाधुरा, कालापानी, लिपुलेक र सुस्ता नेपालको भए पनि नक्सा छापेर भारतले पाकिस्तानलाई जस्तै व्यवहार देखाएको बताएका छन् ।
भारतको व्यवहारले पाकिस्तान र नेपाल उस्तै उस्तै हो भन्नेजस्तो देखिएको छ,’ धरान नगरपालिकाको उपचुनावलाई सम्बोधन गर्न धरान जाने क्रममा आज विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै देउवाले भने, ‘भारतले पहिले काश्मीरको नक्सा छाप्यो अनि नेपालको भूमि समेटेर छाप्यो । यसले पाकिस्तान र नेपाल उस्तैउस्तै हो भन्ने भारतको व्यवहारले देखाउँछ।’

देउवाले नेपालका भूमि समेटेर किन भारतले राजनीतिक नक्सा छापेको भन्दै प्रश्न पनि गरे। ‘कालापानी र सुस्ता विवादास्पद जमिन हो भन्ने मान्दामान्दै किन पाकिस्तान सरह व्यवहार गरेर नक्सा सार्वजनिक गरेकोरु’ देउवाको प्रश्न थियो।

सभापति देउवाले अतिक्रमित भूमि फिर्ता ल्याउन र नक्सा सच्याउनका लागि सरकारले भारतसँग कुटनीतिक पहल नगरेको पनि आरोप लगाए। ‘सर्वदलीय बैठकमा सरकारलाई सीमा विवाद हल गर्न भनेका थियौं, सरकारले अहिलेसम्म पहल गरेन,’ उनले भने। सिमा विवादको विषयमा सरकारले ठोस कदम नचाले काँग्रेस सरकार विरुद्ध आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००