२२ बैशाख २०८१, शनिबार । May 5, 2024

मुख्य खबर

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ६ जना कार्यकर्ता दार्चुलाबाट पक्राउ



दार्चुला । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका ६ जना कार्यकर्ता दार्चुलाबाट पक्राउ परेका छन् । नेपाली भुमिलाई भारतले आफ्नो राजनीतिक नक्सामा पारेको भन्दै विरोधमा उत्रेका भागेश्वर गाउँपालिका ६ का २२ वर्षीय ललित सार्की, परशुुराम नगरपालिका ५ का २३ वर्षीय गणेश बोहरा, बझाङको बुंगल गाउँपालिका–४ का २९ वर्षीय तिलक कुँवर तथा खप्तड छान्ना गाउँपालिका ८ का २५ वर्षीय सुभाष जोशी पक्राउ परेका छन् । यस्तै दार्चुलाको मार्मा गाउँपालिका ४ का १९ वर्षीय धनसिंह धामी र बाजुराको बुढीगंगा नगरपालिका १० का २१ वर्षीय दीपक रावत रहेका छन् ।

उनीहरुलाई मंगलबार विहान विषेश सुचनाका आधारमा सदरमुकामबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सुचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले बताए ।
प्रहरीले उनीहरुको साथबाट रातो झण्डा, पर्चा र सहयोग रसिद बरामद गरिएको जनाएको छ । ‘भारतीय बिस्तारवाद मूर्दावाद, आइ लभ नेपाल’, नरेन्द्र मोदी मूर्दावाद, कालापानी हाम्रो हो’, लगायत लेखेका पर्चा बरामद भएको हो ।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००