२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Life Style

प्रधानमन्त्रीको शल्यक्रिया सफल, अस्पतालमै केही दिन बस्नु पर्ने



काठमाडौं, १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको मनमोहन ‘कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर’मा एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका क्रममा बिहान सो सेन्टरमा पुगेका थिए । उनलाई एपेन्डिसाइटिस भएको पत्ता लागेपछि चिकित्सकले शल्यक्रिया गरेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए । शल्यक्रिया सफल भएको छ ।
अस्पताल भर्ना भएपछि मंगलबार प्रधानमन्त्री सहभागी हुने भनिएका कार्यक्रमहरु प्रभावित भएका छन् । सल्यक्रिया पश्चात केहिदिन अस्पताल नै बस्नु पर्ने भएको छ ।

उपचारमा प्रा।डा।अरुण सायमी, प्रा। डा। रमेशसिंह भण्डारीलगायतका टोली संलग्न रहेका छन् । चिकित्सकका अनुसार एपेन्डिसाइटिस भएमा जति सक्यो चाँडो यसको शल्यक्रिया गर्नुपर्ने हुन्छ । यसअघि प्रधानमन्त्री ओलीको मिर्गौलामा समस्या आएपछि डायलासिस गरिएको थियो ।

प्रकाशित : १० मंसिर २०७६, मंगलबार ००:००