२८ बैशाख २०८१, शुक्रबार । May 10, 2024

समाचार

मोटरसाइकल दुर्घटनामा शसस्त्रका दुई जवान घाइते



इलाम । मेची राजमार्गको इलाम राँके सडक खण्डमा मोटरसाइकल दुर्घटन हुँदा दुइजना घाइते भएका छन् । इलामबाट राँकेतर्फ जाँदैगरेको मोटरसााइकल इलाम नगरपालिका १ नेपालटारमा दुर्घटनामा दुई जना घाइते भएका हुन् । मोटरसाइकल उछिट्टिएर घरको छानामाथि पुगेको छ ।

मोटरसाइकलमा सवार सशस्त्र प्रहरी जवानद्वय सुनसरी महेन्द्रनगरका इन्द्र बस्नेत र इलाम राँकेका पहलमान मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दुर्घटनामा घाइतेहरुको इलाम अस्पतालमा उपचार भइरहेको छ । तीव्र गतिमा रहेको मोटरसाइकल मोडमा दुर्घटना भएको हो।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००