२७ बैशाख २०८१, बिहिबार । May 10, 2024

समाचार

ठूलो मात्रामा हातहतियार बरामद



३० कात्तिक तुलसीपुर । दाङमा प्रहरीले विप्लव मओवादीले लुकाई राखेको ठूलो परिमाणको आधुनिक हतियार बरामद गरेको छ ।

विप्लव नेतृत्व नेकपाको समुहले उक्त हातहतियार स्थानान्तरण गर्दैछ भन्ने गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले कपिलबस्तु जिल्लाको शिवनगरपालिका– १ को सिमानाबाट एस.एम.जि राईफल ५ थान, राईफलको म्याक्जिन १३ थान, राईफलमा प्रयोग हुने ३ सय ९० राउण्ड गोली, हतियार राख्न प्रयोग हुने सुटकेश १ थान फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख जनक भट्टराईले जानकारी दिए ।

प्रहरीले भारतबाट कपिलवस्तु हुँदै दाङमा हतियार सप्लाई हुँदैछ भन्ने सूचनाको आधारमा शुक्रबार साँझ पाँच नम्वर प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र गढवा ईलाका प्रहरी कार्यालयको संयुक्त टोलीले दाङको गढवा गाउँपालिका र शिवनगर नगरपालिका सिमा क्षेत्रमा खोजतलास र निगरानी गर्दै जाने क्रममा बेवारिसे अवस्थामा खाली गोठमा सुटकेशमा लुकाई राखेको अवस्थामा फेला पारेका थिए ।

हतियार केका लागि र कहाँ लाका लागि विप्लव माओवादीले ल्याएको हो भन्ने सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । यस अघि पनि प्रहरीले ठूलो संख्यामा दाङबाट विप्लव माओवादीका केन्द्रीयदेखि स्थानीय तहसम्मका नेतालाई पक्राउ गरेको थियो ।

प्रकाशित : ३० कार्तिक २०७६, शनिबार ००:००