१२ बैशाख २०८१, बुधबार । April 24, 2024

Life Style

कसरी सकरात्मक सोचले व्यक्तित्वमा निखार ल्याउँछ ?




भनिन्छ सकरात्मक सोच प्रगतिको पहिलो खुड्किलो हो । सकरात्मक सोंचले मान्छेको व्यवहारमा मात्र होइन पूरै व्यक्तित्वमा निखारता ल्याउँन सहयोग पु¥याउँछ । सकरात्मक सोचको फलस्वरुप तपाईको दैनिकीमा मात्र होइन पूरै जीवनमानै खुशी,उमंग,शान्ति र समृदी हासिल गरी परमानन्द महशुस गर्न सक्नु हुनेछ ,शायद यसलाई नै भन्छन ्‘स्वर्गीय जीवन ।’ यसका निमित निम्नानुसारको दैनिकी अपनाउन अनिवार्य पर्दछ ।
१, शान्तिको कामना ः विहान सवैरै र बेलुका सुत्ने बेलामा ओछ्यानमै बसेर वा अन्य ठाउँमा पलेंटी मारेर कुनै पनि सजिलो ठाउँमा सजिलो आसनमा बस्ने र योग अभ्यास गर्ने ।
(क) हातको चोरी औंला र बूढी औंला जोडेर हातलाई घुँडामा राख्ने,ढाड सोझो पार्ने ।
(ख) मनमनै “म यो देशको असल नागरिक हुँ ” भनेर ३ देखि ५ पटकसम्म दोहो¥याउने ।
(ग) विश्वमा शान्ति स्थापित होस् भन्ने कामना गर्दै पुर्वजहरुको सम्झना गर्ने र दुवै आँखा चिम्लिएर मन एकाग्र बनाएर ध्यानमा वस्ने । यसरी मौन ध्यानमा वस्दा आफ्नो प्रयत्नविना स्वतः तलमाथि भइरहने (भित्रबाहिर चलिरहने÷स्वास तानिन्छ एक र स्वास छाडिन्छ २ भनी गन्ने ) यसरी ध्यान केन्द्रित गरिरहने ।
हेर्दा साधरण लागे पनि यो अभ्यासले चित्त शुद्ध बनाउन सघाइरहेको हुन्छ । साथै,अप्रत्यक्षरुपमा आफनो सकारात्मक व्यक्तित्व पनि विकसित भइरहन्छ । यो अभ्यास ज्यादै सजिलो,सहज,साधरण भएकाले पनि जुनसुकै उमेरका मानिसहरुले यसलाई अपनाउन सक्नुहुन्छ । विभिन्न समयमा सञ्चालन हुने जुनसुकै कार्यक्रमहरु प्नि यसैबाट शुरु गर्दा लाभदायक हुन्छ ।
२) साधा जीवन उच्च विचार
सामान्य जीवन ः सामान्य जीवन यापनबारे भन्नु पर्दा हामीभित्रै रहेर हामीलाई सञ्चालित हुन शक्ति दिने त्यो अलौकिक विलक्षण अदृश्य शक्ति ,दैवी उर्जा वा सकरात्मक शक्ति को वास्तविक असली सत्यको अनुभूति गर्नमा विघ्न बाध नपर्ने गरी दैनिक जीवन रहन–सहन नै “साधरण जीवन यापन”हो ।
उच्च विचार ः उच्च विचार भन्नु नै हामीभित्र रहेर हामीलाई सञ्चालन हुन शक्ति दिने÷सञ्चालन गर्ने त्यो अलौकिक शक्ति वा सकरात्मक शक्तिको वास्तविक असली सत्यको अनुभूती गर्न सक्नु हुनेछ,यहिँ नै हो उच्च विचार । यो नै हो हाम्रो लक्ष्य । यो आफैभित्र निहित तत्व हो । आफूभित्र रहेको कुरा बाहिर खोजेर पाइन्दैँन् । आफूसँग भएको वस्तु खोजन सजिलो हुन्छ ।
३) प्राकृतिक उर्जा (अयकmष्अ भलभचनथ ) ः सोधकर्ताहरुले पत्ता लगाएअनुसार अन्तरिक्षमा व्यापक रुपमा फैलिएको दैवि उजौ हो ,जुन अलौकिक विलक्षण अदृश्य सकरात्मक शक्तिले भरिपूर्ण छ,त्यसैले सवैलाई प्रभाव पारिरहेको छ । आकासगंगामा रहेको तारामण्डल र हाम्रो सौर्यमण्डल मा रहेका विभिन्न ग्रहहरु सूर्य,चन्द्र,पृथ्वी,मंगल,बुध,वृृहस्पती,शुक्र शनि आदि सवै अन्तरिक्षमा अडिएका छन् । सवै आ–आफ्नै क्षेत्रमा अनुशासित भई संचालित छन् र एक आपसमा ठोकिन्दैन् । यी सवै हुनुको कारण यहि दैवी उर्जा (अयकmष्अ भलभचनथ ) नै हो । यसैको एक कण नै मानिसमा भएको त्यो अदृश्य शक्ति हो । यो शुद्ध,स्वच्छ र पवित्र छ । यो झिल्कालाई हरहालतमा स्वच्छ,शुद्ध र पवित्र बनाइराख्नु पर्दछ । यसको अनुभूती गर्नु मानव जीवनको परम उदेश्य हो । अतः यसको अनुभव गर्न र अनुभूती गर्न आफनो चित्त शुद्ध,स्वच्छ र पवित्र हुनु पर्दछ । यसका लागि असल संगत गर्नु,असल आचरण बनाासउनु,निष्काम भावले सेवा गर्नु र आफनो काम सवै ठीकठीकसँग गर्नु,सकरात्मक सोच विकास गर्नु परेको हो । यसबाट तपाईको व्यक्तित्वमा पूरै निखार ल्याइरहेको हुन्छ ।

प्रकाशित : २५ कार्तिक २०७६, सोमबार ००:००