२१ बैशाख २०८१, शुक्रबार । May 3, 2024

Life Style

काखी गन्हाउने समस्या यसरी सजिलै निर्मुल गर्न सकिन्छ



काठमाण्डौ । काखी गन्हाउने समस्याले व्यक्तित्वमा नराम्रो असर गर्दछ । गर्मी महिनामा धेरै नै पसिना आउँछ । पसिना छालाको भित्री पत्रमा रहेको ग्रन्थीबाट बन्छ । यो ग्रन्थीको काम शरीरको तापमानलाई नियन्त्रण गर्नु हो । पसिना आउनु स्वास्थ्यका लागि राम्रो पनि मानिन्छ । तर पसिनाको गन्ध नमीठो हुन्छ । कतै भिडभाडमा काखी गन्हाए । मानिसहरुले नाख खुम्च्याउँछन् ।

पसिना गनाउन कारण

वंशाणुगत कारण
ब्याक्टेरिया इन्फेक्सन
लसुन प्याजको प्रयोग धेरै गरेर
मसालेदार खानेकुरा धेरै खाएर
अल्कोहलको बढी प्रयोगले
जंकफुड खानाले
धुमपान गर्नाले

यसरी समाधान गर्न सकिन्छ
दिनहुँ नुहाउनु पर्छ, नुहाउँदा एन्टिब्याक्टेरिया भएको साबुनको प्रयोग गर्ने
हरेक दिन फिट्किरीको लेप लगाउने ।
ब्याक्टेरिया फंगस नै छ भने एन्टिब्याक्टेरिया क्रिमको प्रयोग गर्नुपर्छ
यदि क्रिमले पनि काम गरेन भने एन्टी फंगस ट्याबलेट, एन्टिबायोटिक ट्याब्लेट लिनुपर्छ ।
होलिस्टिक पेस्ट दलेर बेलुकी सुत्ने र दिउँसो हिड्दा पनि होलिस्टिक पेस्टलाई झोल बनाएर स्प्रै गरेर हिड्ने निरन्तर एक हप्तदेखि दुई हप्तसम्म यो उपाय अनाउदा काखी गन्हाउने समस्या हट्छ ।

प्रकाशित : ४ कार्तिक २०७६, सोमबार ००:००