१५ बैशाख २०८१, शनिबार । April 28, 2024

Breaking

डेङ्गुबाट चितवनमा एक जनाको मृत्यु



चितवन । चितवनमा डेङ्गुको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुर जिल्ला, उपमहानगरपालिका–१२ का एक ४१ बर्षिय पुरुष रहेका छन् ।
स्वास्थ्य कार्यालय चितवनका अनुसार उपचारका क्रममा बिहीबार चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनी साउन २३ गते अस्पताल भर्ना भएका थिए ।
चितवनमा हालसम्म ५३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय चितवनका सूचना अधिकारी राम केसीले जानकारी दिए ।

प्रकाशित : २६ श्रावण २०८०, शुक्रबार ००:००