१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

Uncategorized

शान्ति सुरक्षाका लागि प्रहरीलाई साइकल




शान्ति सुरक्षा कायम गर्न सिएमजी क्लबका प्रतिनिधि महेशबहादुर मल्ल महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई साइकल हस्तान्तरण गर्दै । साईरन र ट्राफिक लाईट भएको १० वटा साइकल शुक्रबार उक्त क्लबले प्रहरीलाई उपलब्ध गराएको छ । तस्वीर : नारायण ढुङ्गाना


शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने उद्देश्यले सिएमजी क्लबले आज महानगरीय प्रहरी परिसर काठमाडौँलाई १० थान साइकल उपलब्ध गराएको छ ।

ट्राफिक लाइट र साइरन जडित साइकल उक्त क्लबका प्रतिनिधि महेशबहादुर मल्लले परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीलाई हस्तान्तरण गरेका छन् ।

कार्यक्रममा परिसरका प्रमुख सुवेदीले साइकलले उपत्यकाको शान्ति सुरक्षा कायम गर्न सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् । सोही अभियानअन्तर्गत विजया दशमीको अवसर पारेर क्लबले प्रहरीलाई साइकल वितरण गरेको क्लबका प्रतिनिधि मल्लले बताए । यसअघि उक्त क्लवले सर्लाहीमा ६० र विराटनगरमा १५ वटा साइकल वितरण गरिसकेको छ ।

प्रकाशित : १७ आश्विन २०७६, शुक्रबार ००:००