१५ बैशाख २०८१, शनिबार । April 27, 2024

मुख्य खबर

प्रतिबन्धित विप्लव समूहका सेक्रेटरी तीन महिनापछि रिहा

स्वतन्त्र रहने घोषणा




मोरङ । नेत्रविक्रम चन्द ९विप्लव० नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) धनकुटा- मोरङ सेक्रेटरी दीपक राई तीन महिना पछी विहिबार मोरङबाट रिहा भएका छन् ।

रिहाई भए लगतै पत्रकार भेटघाटको आयोजना गरि पार्टीमा काम नगर्ने र स्वतन्त्र भएर बस्ने घोषणा गरेका छ्न ।

विप्लव नेतृत्वको पार्टीले गर्दै आएको हिंसात्मकबाटो आफूलाई मन नपरेकोले केही समय स्वतन्त्र बस्ने घोषणा गरेका हुन ।

राईलाई असार ८ गते राति मोरङ केराबारी-३ स्थित आफ्नै घरबाट प्रहरीले पक्राउ गरेको थियो ।

पहिला केराबारी इलाका प्रहरीबाट खरखजना र दोस्रो पटक वेलबारी प्रहरीले बम विष्फोट गराएको अभियोगमा मुद्धा चलाएका थिए ।
मोरङ जिल्ला अदालतले दुबै मुद्दामा सादा तारिकमा छाडेपनी प्रहरीले भने पुन पक्राउ गर्दै आएका थिए । भाद्र २६ गते जिल्ला अदालतले छाडेका राईलाई सोही रात केराबारी घर पुग्नेसाथ पक्रेर इलाका प्रहरी कार्यालय पथरीमा राखिएको थियो ।

तेस्रो पटक प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा मुद्धा चलेको थियो । तेस्रो पटकको मुद्दामा प्रदेश सांसद तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश समिती सदस्य कुलप्रसाद सम्बा लिम्बूको रोहोबरमा राई छुटेका हुन । राईको घरपरिवारको आग्रहमा दीपकलाई छुटाउन आफूले जिम्मा लिएको प्रदेश सांसद लिम्बूले बताए ।

विप्लव विरुद्ध सरकारले कडा नीति लिएपछि पूर्व मन्त्री पदम राई (विकास), सभासद किरण राई लगायतले पार्टी परित्याग गरेर सरकारको नेतृत्व गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०मा प्रवेश गरिसकेका छन् ।

प्रकाशित : २ आश्विन २०७६, बिहिबार ००:००