२८ बैशाख २०८१, शुक्रबार । May 10, 2024

समाचार

सेनाको गतिविधि पारदर्शी गराउन सुझाव



नेपाली सेना समावेशी बनाउँदै जानुपर्ने, भनसुनका आधारमा अयोग्य भर्ना गर्न नहुने, सेनाको गतिविधि पारदर्शी हुनुपर्ने सुझाव दिइएको छ । सेनाद्वारा आज आयोजित नागरिक–सैनिक अन्तत्र्रिmया कार्यक्रममा नकारात्मक कार्यप्रति सजग रहन नागरिक समाज तथा सञ्चारकर्मीले सुझाव दिए ।
कार्यक्रममा सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी ईश्वरकुमार श्रेष्ठले आएका सुझावप्रति धन्यवाद दिँदै जिज्ञासा सम्बोधन गर्नुभयो । कार्यक्रममा नागरिक समाजका अध्यक्ष थानसिंह भन्साली, प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झा, ज्येष्ठ नागरिक महासङ्घका प्रदेश २ अध्यक्ष शङ्कर शारदा, इन्सेक प्रतिनिधि मनोहर पोखरेल, सप्तरी सामुदायिक सेवा केन्द्रका अध्यक्ष हितनारायण लाल दास, महिला शिक्षक मञ्जु श्रेष्ठलगायतले सुझाव दिनुभयो । नेपाली सेना, समारोह श्रव्य दृष्य महाशाखाद्वारा आयोजित कार्यक्रममा सेनाले लघु चलचित्र ‘अप्पन’ र बारामा आएको हावाहुरीमा सेनाले निर्वाह गरेको भूमिकाबारे वृत्तचित्र प्रदर्शनी गरेको थियो ।

प्रकाशित : ३१ भाद्र २०७६, मंगलबार ००:००