१ जेष्ठ २०८१, मंगलबार । May 14, 2024

Uncategorized

चिनियाँ प्रधानमन्त्री औपचारिक भ्रमणका लागि रुसमा



सेन्ट पिटर्सवर्ग, ३० भदौ । चीनका प्रधानमन्त्री लि खछ्याङ् सोमबार रूसको सेन्ट पिटर्सवर्ग आइपुग्नु भएको छ । तीन दिने औपचारिक भ्रमणका लागि उहाँ रुस आउनु भएको रुसी परराष्ट्र मन्त्रालयको श्रोतले जनाएको छ । दुई देशको दौत्य सम्बन्धको ७०औँ बार्षिकोत्सवको अवसर पारेर उहाँले रूसको भ्रमण गर्नु भएको बताइएको छ ।

चिनियाँ उपविदेश मन्त्री लि युचङले रुस र चीनबीचको सम्वन्धलाई नयाँ युगको रूपमा परिभाषित गर्नुभयो । उहाँले चिनियाँ प्रधानमन्त्रीको भ्रमणका क्रममा दुई देशका प्रधानमन्त्रीहरुका बीचमा भेटवार्ता हुने जानकारी पनि दिनुभयो । चिनियाँ प्रधानमन्त्री लि र रुसी प्रधानमन्त्री दिमित्री मेद्भेदेभको भेट चिनियाँ र रूसी सरकार प्रमुखको २४औ बैठकका रूपमा हुन लागेको हो । प्रधानमन्त्री लिका अनुसार बैठकमा दुई देशका मुख्य उद्देश्यहरुलाई केन्द्रीत गरेर छलफल गरिने छ ।

दुई पक्षीय हित, साझा चासो र सहकार्यलाई ध्यानमा राखेर दुई प्रधानमन्त्रीले छलफल गर्ने बताइएको छ । प्रधानमन्त्रीद्वय ली र मेद्भेदेभले सेन्ट पिटर्सवर्गमा छलफल तथा साझा सम्झौतामा हस्ताक्षर गर्नुहुने भएको छ । चिनियाँ प्रधानमन्त्री लीले रूस भ्रमणका क्रममा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पनि मस्कोमा भेट्ने कार्यक्रम रहेको छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार ००:००