१९ बैशाख २०८१, बुधबार । May 2, 2024

बिचार

बाबुराम र उप्रेन्द्रको ध्रुविकरण नयाँ कि पुरानै ? हेर्न बाँकी छ



संघीय समाजवादी पार्टी र नयाँशक्ती पार्टीवीच पार्टी एकता घोषणा काठमाण्र्डौ हुँदैछ । यी दुई पार्टीको एकताले बामपन्थीहरूको प्रतिनिधित्व गर्ने किसिमले ूनेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको समृद्धिका लागि भूमिका निर्वाह गर्नेू भनेका छन् । यो आफैमा ठीक छ । किनभने नेपाली समाजमा विद्यमान जातीय, वर्गीय, लैंगिक र क्षेत्रीय असमानता, विभेद र शोषणमा निहित द्वन्द तथा अन्तरविरोधहरू रहिरहेसम्म संघर्ष र अशान्ति रहिरहन्छ ।

उल्लेखित अन्तरविरोधहरूलाई उचित किसिमले सन्चालन तथा संबोधन गरेर सामाजिक न्याय स्थापना गरी समतामुलक समाजको स्थापना गर्नु मुलुकमा एक जरुरी कार्यभार बनेको छ ।यदि यो बन्ने नयाँ पार्टीले आफुलाई बामपन्थी एजेण्डाको नीधिका रुपमा स्थापित गर्न सकेमा, हालका कांग्रेस र नेकपा भनिने दक्षिणपन्थी ९नवउदारवादी अर्थतन्त्र मान्ने०हरू एक ठाउँमा ध्रुबिकृत हुनेछन् ।यसरी समाजवादी पार्टीले बृटेनको लेबर पार्टीजस्तो या अमेरिकाको डेमोक्रेट पार्टी जस्तो किसिमको (उस्तै त होईनं) भूमिका निर्वाह गर्न सक्छन् । कांग्रेस र नेकपाहरूको नयाँ गुट बृटेनको कन्जरभेटिभ पार्टी या अमेरिकाको रिपब्लिक पार्टीजस्तो जस्तो भएर ध्रुबिकृत हुन पुग्नेछन्,यिनीहरुसँगै राप्रपा जस्ता पुरातनपन्थी पार्टीहरू र राजा ज्ञानेन्द्र तथा मधेशको ठाकुरको पार्टी पनि यसैमा ढिलो वा चाँढो गोलबन्द हुनेछन् ।

तेस्तै, समाजवादी पार्टीमा नेमकिपा, चित्रबहादुर केसी, सीपी मैनाली, ऋृषि कट्टेल, विप्लब जस्ता पार्टीहरु समेटिन आउँने छन्, यसको निम्ती प्रयास गर्नु नै पनि पर्छ ।यसरी नेपालमा न्इए९न्चबलम इमि उबचतथ०को गधाको अमेरिकी चिन्ह लिएर अमेरिकाकै पुरातनपन्थी पार्टीको पक्षधर भएर कांग्रेस र नेकपा बस्नेछन् भने बोर्नी स्याण्डर, कोरेमी लगायत सामाजिक कल्याणकारी एजेण्डाको आधारमा समाजवादी पार्टी बन्ने संभावना देखिन्छ, यसो हुनलाई कसैले चाहेर होइन परिस्थितीले धकेलेर लैजानेछ । यो एउटा Broad vision framework मात्र हो ।
यो भीजन अन्तरगत Detailed procedure or MOs तथा २५(३० वर्से (Long term), ५ वर्से (Periodic plan) र अल्पकालिन (Short term 1 year’s plan)योजनाहरू समेत विकास गरेर सो का आधारमा जनता समक्ष जानै पर्छ ।

तेसका साथै, नेपालका कुनै पनि पार्टीहरूको Think tank (R&D) छैनन्, उनको R&D भनेको ूकान्तिपुर दैनिकको रिपोर्टिङू र आफ्ना चाकरहरुको ूजाहेरीू मात्र हुन् । यस किसिमले अबको पार्टी चले १० वर्षमा ुप्रजापरिषदु हुन पुग्नेछन् । अबको पुस्ता हरेक क्षण(क्षणमा सन्सारको सबैभन्दा Latest कुराहरूबाट Updated भइरहेछ र यो पुस्ता भर्खर कम्प्युटर चालउँन सिक्दै गरेका वा मोबाइलमा फोन बाहेक केही चलाउँन नजान्ने नेतृत्वको मातहतमा बस्न सक्दैन ( तेस्तालाई पछाडी धकेलेर आफै अगाडी जानेछ । यो Dynamic सोच र मनोविज्ञानसित मेल नखाने रूलाई नयाँ पुस्ताले Neglect गरेर अधि मुलुकलाई लैजानेछन् जसरी माओजेदुङलाई देङ स्याओपीङले छोडिराखेर चीनलाई नयाँ युगमा लिएर गए । समयले जहिले पनि नयाँ पुस्ता ल्याउँछ र पुरानो पुस्तालाई असान्दर्भिक बनाईदिन्छ ।

हेरौँ, यी २ पार्टी मिलेर पनि प्रचण्डले जस्तै जनताप्रति गद्दारी गर्ने धन्दा मात्र चलाउँने हुन कि या १७ औँ सताब्दीको देउवाको जस्तो सामन्ती किसिमले राज्य सन्चालनको ढाँचा मात्र दिमागमा राखेकाछन् किरु विस्तृत हेर्न बाँकि नै छ । तस्विरमा बाहुन -१स मधेशी – १स किराती – १, र, नेवार (-१ देखिए तर महिला एकजना पनि देखिएनन् , तस्विर पनि Body language पढेर नियत निकाल्ने Data base हो ।

समानुपातिक किसिमले नयाँ० समाजवादी पार्टीमा जनसंख्याको %लाई आधार लिएर पार्टीको संगठनात्मक पदहरूमा जिम्मा दिने, प्रशिक्षित गरेर विकास (HRD) गर्दै गईन्छ कि कांग्रेस र ओलीको फर्मुला कपी पेष्ट गरिन्छ ? कि भारतमा महिला पुलिस लिँदा छातीको नाप ३२ इन्च नै राखेर १००%महिलालाई पुलिसमा जागिर खान (पहिले)अयोग्य ठहराईन्छ ?

नेकपा कस्तो पार्टी हो ? यसलाई तेरथुमको एउटा उखानले ठ्याक्कै चित्रण गर्छ । उखानले भन्छ ( ूकुमाई घुमाई, क्षेत्रीको जाल, नेवारको लेखाई लिम्बूको कालू, नेपाली कांग्रेसको त कुरै भएन । कांग्रेसको विवरणमा नरहरी आचार्यले नै उल्लेख गरेका थिए ( कांग्रेस पहिले Unlimited थियो, पछिपछि Limited भयो, र, अहिले यो कांग्रेस Pvt Litd. भएको छ ।तेस्तै, प्रचण्डको बारेमा प्रदीप गिरीले केही अघि भनेका थिए -प्रचण्ड अचेल भातको कान्छी भएका छन् ।तेती मात्र होईन, बाबुरामलाई भारुराम पनि भनिँदै छ भने उपेन्द्रलाई पनि भारत परस्त भनिएकै छ । तेस्तै, अशोक राईलाई किराती जातिवादी(साम्परदायिक तथा राजेन्द्र श्रेष्ठलाई नेवार साम्पदायिक भनेर लेबल लगाएकै छन् ।अहिले सम्म उपेन्द्र जस्ताले मधेशको कुरा मात्र बुझ्ने र उठाउँने पहाडको, जनजातिको, महिलाको, कर्णालीको कुरै नबुझ्ने र बाबुरामलाई बाहुनको कुरा बाहेक क्षेत्रीको, जनजातिको, मधेशीको समस्या नै नबुझ्ने तथा अशोक राईलाई अहिले पनि एमालेकै धङधङी बोकेर Somnambulation को तालमा रन्थनिएर हिँडिरहेको भनेर लेबल्ड गरिएको छ । यी लोकले या विपक्षीले टिका लगाईदिएका -Image हरूलाई मेट्दै जाने काम नयाँ पार्टीको नीति, कार्यक्रम र व्यबहारले हो । नत्र पार्टीको महासचिव भएर जग्गा दलाली गरिरहेको मानिस पनि यहीँ भर्खरै भेटिईरहेछ, भूमाफियाका दलाल भएर काम गरेका भ्ट्टराई, देउबा, नेपाल, भट्टराई, दहाल र ओली जस्ता प्रधानमन्त्रीहरू पनि देखिएकै हो । मीठो बोल्ने जिब्रोलाई अब नेपाली जनताले पत्याउँने कुरै आउँदैन ।

प्रकाशित : २३ बैशाख २०७६, सोमबार ००:००