१२ बैशाख २०८१, बुधबार । April 24, 2024

तस्बिर

होलीको रौनक



रङगको पर्व होलीका अवसरमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ पिपलाडीका थारु समुदाय गोबरको गुइँठामा आगो घरमा लैजानका लागि पालो पर्खदै । जलाइएको होलिकाबाट गोबरको गुइँठामा घर लगिएको आगो वर्षभरि बाल्नुपर्ने थारु समुदायमा चलन रहेको छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस
विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र संंघीय सांसद अमनलाल मोती फागु पूर्णिमाको अवसरमा रमाइलो गर्दैै । तस्वीर मनोज दाहाल, विराटनगर, रासस
विराटनगरमा बिहीबार आयोजित होली मिलन कार्यक्रममा होली पर्व मनाउन सहभागी सर्वसाधारण । तस्वीरः मनोज दाहाल, विराटनगर, रासस
मनोकांक्षा पूरा हुने विश्वासका कारण कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका –३ का थारु महिला होली पर्वका अवसरमा बिहीबार होलिका जलाएको ठाउँ परिक्रमा गर्दै । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

प्रकाशित : ७ चैत्र २०७५, बिहिबार ००:००