२० बैशाख २०८१, बिहिबार । May 2, 2024

मुख्य खबर

यो सरकार नै जनसरकार हो प्रधानमन्त्री ओली



विराटनगर ४ चैत ।प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रदेश कमिटीका सदस्यहरुलाई कुशल संगठक, सहि विचारका संवाहक र अनुशासनका प्रतिमूर्तिका रुपमा समाजमा प्रस्तुत हुन निर्देशन दिनुभएको छ ।

आइतबार नेकपा प्रदेश कमिटी प्रदेश नम्वर १ को पहिलो वैठक तथा सपथ ग्रहण समारोहलाई सम्वोधन गर्दै उहाँले त्यस्तो निर्देशन दिनुभएको हो । प्रधानमन्त्री ओलीले सामाजिक चेतना र विकास निर्माणका अभियन्ताका रुपमा सफलता मिलोस भन्ने शुभकामना समेत दिनुभयो ।

प्रधानमन्त्री ओलीले अहिलेको सरकारलाई जनताले दुई तिहाई वहुमत दिएको हुनाले यो सरकार नै जनसरकार हो भन्नुभयो । “ती जनताकै लागि सरकारले काम गरिरहेकाले यो सरकार नै जनसरकार हो ” प्रधानमन्त्री ओलीले भन्नुभयो “ कम्युनिष्ट पार्टीको सरकार कस्तो हुन्छ भन्ने कुरा यो सरकारले देखाउने छ । ”

आधुनिक देश,आधुनिक प्रदेश र आधुनिक स्थानीय सरकार कस्तो हुन्छ भन्ने देखाउन त्यहि ढंगले काम गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले प्रदेश कमिटीका सदस्यहरुलाई स्थानीय तहलाई निर्देशन कम सुझाव बढि दिन सल्लाह दिनुभयो ।

प्रधानमन्त्री ओलीले आउँदो चुनावमा दुई तिहाई भन्दा वढि मतसहितको सरकार बनाउने दावी गर्नुभयो । “नेकपा वैचारिक हिसावले स्पष्ट छ ” प्रधानमन्त्रीले भन्नुभयो “ हरेक राष्टिय मुद्धामा हाम्रो मत स्पष्ट छ । ”

प्रधानमन्त्री ओलीले शास्त्रीय मार्क्सवाद भन्दा आजको समयअनुसार चल्न सक्ने मार्क्सवादको उपयोग गर्नुपर्नेमा जोड दिनुभयो । मार्क्सवादले आजको समयअनुसार चल्न सक्ने सैद्धान्तिक दिशानिर्देश गरेको उहाँले बताउनुभयो । । वैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले एक नम्बर प्रदेशको धार्मिक र ऐतिहासिकताको चर्चा गर्नुभयो ।

प्रकाशित : ४ चैत्र २०७५, सोमबार ००:००