१७ बैशाख २०८१, सोमबार । April 29, 2024

मुख्य खबर

प्रधानमन्त्रीओलीद्वारा न्याम्सको उपकुलपतिमा साहलाई नियुक्ति



काठमाडौं, २ चैत । प्रधानमन्त्री केपीशर्मा ओलीले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को उपकुलपतिमा सुनसरीका प्रा.डा. देवनारायण साहलाई नियुक्त गर्नु भएको छ ।
उपप्रधान तथा स्वास्थ्यमन्त्री एवं न्याम्स्का सहकुलपति उपेन्द्र यादवको सिफारिसमा प्रधानमन्त्री एवं न्याम्सका कुलपति ओलीले साहलाई शुक्रबार नियुक्त गर्नुभएको हो । यसैगरी उपकुलपति साहको सिफारिसमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादबले न्याम्सका अन्य पदाधिकारीको पनि शुक्रबार नै नियुक्ति गर्नु भएको छ ।
जसअनुसार पर्साका प्रा.डा. सुबोध कुमार अधिकारीलाई शिक्षाधक्ष्य, पाँचथरकी प्रा.प्रमिला देवानलाई रजिस्टार, सुनसरीका प्रा.डा.पियुस दाहाल डिन र सप्तरीका डा.केदार प्रसाद सेन्चुरीलाई बीर अस्पतालको निर्देशकमा नियुक्तिगरिएको छ । सबैको पदावधी चार बर्षको हुनेछ । प्रधानमन्त्री ओलीको उपस्थितीमा उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले उपकुलपति साह लगायत सबैलाई शुक्रबार नै बालुवाटारमा पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको छ ।
सपथपछि प्रधानमन्त्री ओलीले भक्तपुरमा बीर अस्पताल निर्माण गर्ने कार्य तत्काल अघि बढाउन निर्देशन दिनुभएको छ । “५सय रोपनी क्षेत्रफलमा भक्तपुरमा सुविधा सम्पन्न अस्पताल बनाउने कार्य तत्काल थालनी गर्नुहोस । त्यो काम तपाईंहरुकै कार्यकालमा सम्पन्न हुनुपर्दछ ”प्रधानमन्त्री ओलीले भन्नुभयो “अहिलेको बीर अस्पताललाई सिटी अस्पतालको रुपमा सञ्चालन गर्नुपर्दछ । ”
प्रधानमन्त्री ओलीले बरिष्ठ डाक्टरहरुले अस्पतालमा बिरामीको उपचार नगर्ने गलत संस्कार बसेकोले त्यसलाई तोड्न निदेर्शन दिनुभएको छ । “सिनियर भएपछि काम गर्नु नपर्ने गलत संस्कारको विकास भएको देखिन्छ । सिनियरको अनुभवले बिरामीको उपचार गर्दा त्यसबाट बिरामीले पाउने लाभ अधिक हुन्छ ” प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।
प्रधानमन्त्री ओलीले स्वास्थ्यकर्मीहरुलाई बिरामीलाई गर्ने व्यवहार सुधार गर्न आग्रह गर्नुभएको छ । “डाक्टर नर्सले बिरामीप्रति मायालु व्यवहार गर्नुहोस , तपाईंको व्यबहारले बिरामीले राहात महसुष गर्नुपर्दछ ” प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रकाशित : २ चैत्र २०७५, शनिबार ००:००